सर्लाही । मधेशी एसोशियसन अफ अमेरिकाले जाडोको समस्याबाट थोरै भने पनि राह मिलोस भन्ने हेतुले सर्लाही जिल्लामा ब्ल्यान्केट(कम्बल) वितरण गरेको छ ।
अत्यधिक जाडो र शितलहरले जनजिविकामा अफ्ठ्यारो पार्ने समयमा पहिलो चरणको कम्बल वितरण सर्लाही जिल्लाको पिपरियामा शुरु गरिएको जनाईएको छ ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/26856083_10211290286109031_1546235772_n.jpg?oh=a03bc249493fb4dd573f338d2dc7d12f&oe=5A5E06C0)
बांसले बारेर झुप्रोमा जीवन जिउन वाध्य अति बिपन्न परिवारलाई लक्षित गरेर पहिलो चरणको कम्बल वितरणको शुरुवात गरिएको संस्थाले जनाएको छ ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/26855516_10211290287069055_2019444081_n.jpg?oh=99419223c2eccaade3aa290d4b8ae464&oe=5A5E4D93)
संस्थाको प्रतिनिधिका रुपमा नेपालमा प्रमोदकुमार यादवले कम्बल बितरण कार्यक्रमको संयोजन गरेका छन । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/26943446_10211290280948902_1818747599_n.jpg?oh=e332ec9154485d196c679a406f72c76c&oe=5A5E1D84)
यसैगरी धनुषा जिल्लाको सिन्जुरा, जमुनियन लगायतका स्थानमा पनि कम्बल वितरण कार्य सम्पन्न गरिएको कुरा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा मधेशी एसोशियसन अफ अमेरिकाका अध्यक्ष सुनिल शाहले जनाउनुभएको छ । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t34.0-12/26803520_10211299064288480_390104053_n.jpg?oh=7338827ebc53152dbdac53ef5811f7f6&oe=5A5E54DA)
सप्तरी जिल्लाका बिभिन्न भागमा पनि उक्त कार्यक्रम सफल भएको र निरन्तर सहयोग जारी रहने शाहले जनाउनुभएको छ ।