२०८१ वैशाख १९ गते | 1st of May 2024

पशुपतिनाथ फाउन्डेशनमा २०१८ को पहिलो सत्संग

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २ गते १९:१६

लस एन्जलस – धर्म र रितीको एउटा प्रवासी अभियानको रुपमा बिगत लामो समयदेखी ग्रेटर लस एन्जलस क्षेत्रमा श्रीपशुपतीनाथ फाउन्डेशनद्दारा आयोजना हुंदै आईरहेको सत्संग कार्यक्रम सन २०१८ सालको पहिलो कार्यक्रमको रुपमा फाउन्डेशनको नव-निर्मित भवनमा सम्पन्न हुन गैरहेको छ ।

प्रकान्ड बिद्धान डा. भोलानाथ योगीको सहभागीतामा समपन्न हुने यसपटकको सत्संगमा सहभागीताका लागि सत्संग संयोजक प्रेम गुरागाईंले सबैमा अनुरोध गरेका छन । श्रीपशुपतिनाथ फाउन्डेशनको उद्घाटनको पुर्व सन्ध्यामा आयोजना हुन गईरहेको २०१८ को पहिलो सत्संग कार्यक्रममा नव-निर्मित भवन अवलोकन गर्ने एउटा सुनौलो अवसर पनि हुने संयोजक गुरागाईं बताउंछन ।

बिद्धान डा. योगीको मुखराबिन्दुबाट प्रवचित हुने जीवन, जगत र कर्मका कथाहरु सुन्ने अवसरको लागि यसपटकको सत्संग श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा/श्रीमती नानु थापाको आयोजनामा सम्पन्न हुन गईरहेको छ ।

कार्यक्रम जानकारी :
Venue : Shree Pashupatinath Budhha Temple
Adress : 10843 Kenney St
Norwalk, California 90650
Get Directions
Contact :(562) 864-7600
Date : January 19, 2018 – Friday
Time : 7:00 PM – 9:00 PM

Host : Bhakta/Nanu Thapa 

Leave a Reply

Your email address will not be published. Required fields are marked *