२०८१ वैशाख १८ गते | 30th of April 2024

नवराज सिलवाल लस एन्जलस, अमेरिकामा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ४ गते १२:०१

लस एन्जलस – प्रतिनिधिसभा सदस्यमा ललितपुर- १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको भएपनि सिलवाल अमेरिकाको लस एन्जलस शहर आईपुगेको हल्ला चलेको छ ।

सिलवाल मलेशिया हुंदै अमेरिका आईपुगेको र नयाँं सरकार गठन नहोउन्जेल अमेरिकामै रहने बताईएको छ ।

प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् । कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो ।

त्यसलगत्तै काठमाडौं प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई सोही व्यहोरा अवगत गराएको थियो । सिलवाल नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले पत्राचार भएको जनाउँदै कानुनअनुसार आफूहरू अघि बढिरहेको बताए । यसअघि सिलवाल एमाले अध्यक्ष के पी वली उपचारको शिलशिलामा थाइल्याण्ड पुगेपछि उनी पनि त्यही पुगेको समाचार बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *