चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक
खुल्लामन्च
प्रकाशित: २०७४ माघ ८ गते ११:४०
नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ सार्वजानिक भएको छ।
विशाल भण्डारीको निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’मा तीन गीतमात्र छन् जसमध्ये यो पहिलो गीत युट्युबमार्फत सोमबार दिउँसो ३ बजे सार्वजनिक हुन लागेको केकीले जानकारी दिइन्। ‘सी ओ डब्लु काउ’ राजनराज शिवाकोटी र मेलिना राईले गाएका हुन् भने राजनकै कम्पोजमा तयार भएको हो।
बाँकी दुई गीत अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाले तयार पारेका हुन्। अहिलेका तीन चर्चित संगीतकर्मी कालीप्रसाद, राजन र अर्जुनबाट ‘कोहलपुर एक्सप्रेस’का तीन गीत कम्पोज गराएको केकीले जानकारी दिइन्।
जुनकिरी आर्ट्स प्रोडक्सनको ब्यानरमा निर्माण हुँदै गरेको चलचित्रबारे थप जानकारी ‘काउ गीत’ रिलिजकै क्रममा सार्वजनिक गर्ने पनि केकीले जानकारी दिइन्। अभिनय र म्युजिक भिडियोमा फरक स्थान बनाएकी नायिका केकी अधिकारीले पहिलोपटक ‘कोहलपुर एक्सप्रेस’मार्फत निर्माणमा हात हालेकी हुन्। चलचित्रमा केकीले अभिनयसमेत गरेकी छन्।