२०८१ वैशाख २४ गते | 6th of May 2024

कतै जग्गा, कतै जग हालिंदै, कतै खोलिंदै मन्दिर, तर डालासमा दुईटा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १२ गते १७:१२

डलास (टेक्सस) । अमेरिकामा पहिलोपटक नेपालीहरुको स्वामित्वमा मन्दिर तथा सामुदायिक भवन बनाएको टेक्सस डलासको नेपाली समुदाय फेरि अर्को मन्दिर तथा सामुदायिक भवन निर्माणमा जुटेको छ ।

अमेरिकामा सामुदायिक केन्द्र र मन्दिर निर्माण प्रक्रियामा सान फ्रान्सिस्कोमा जग्गा किनिदैंछ । बाना नयाँ भवनमा सरिसक्यो । लस एन्जलसमा छिट्टै उद्घाटन हुदैंछ, कतै पुराणका पैसा उठ्दैछन् ।

डलास फोर्टवर्थ क्षेत्रवरपर नेपालीको जनघनत्व बढेसगैं यहाको नेपाली समुदाय वृहत्तर योजना सहीत अर्को मन्दिर तथा सामुदायिक भवन निर्माणमा जुटेको हो ।

डलास नजिकको युलेस शहरमा २००९ मा किनेको ३० रोपनी – झण्डै ४ एकड) जग्गासगैं सटेको हालैं खरीद गरिएको थप २० रोपनी (२.४ एकड) जग्गा गरी झण्डै ५० रोपनी बढी क्षेत्रफलमा मन्दिर लगायत वहुआयामिक प्रयोजनका भवन बनाउने उद्देश्य लिइएको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका महासचिव सुरेश पोखरेलले जानकारी दिए ।

योजना पुरा गर्न सहयोगकै खाचो रहने बताउदैं उनले सकेको सहयोग गर्न सबैंमा अनुरोध गरे ।

नेपाली समुदायको पहिचानलाई प्रवासमा समेत जिवन्त राख्न आफ्नो धर्म,संस्कृति र भाषाको संरक्षण, प्रवद्र्दन र सम्वद्र्दन गर्नुपर्ने आवश्यकता औल्याउदैं डलासको नेपाली समुदायकोे अर्विगंमा पशुपतिनाथ र बौद्ध मन्दिर तथा सामुदायिक भवन रहेको छ । चार वर्ष अघि अर्विगंमा निर्माण गरिएको सो मन्दिरसहीतको सामुदायिक भवनको बुझाउनुपर्ने ९७ हजार ३ सय ६४ डलर ५४ सेन्ट अमेरिकी डलर समेत केन्द्रले चुत्ता गर्न सफल भएको छ । यो सगैं केन्द्रले ७ लाख ( झण्डै २ एकडमा रहेको मन्दिर, भवन र जग्गा) अमेरिकी डलरको सम्पक्तिमा स्वामित्व लिएको छ । यसका साथैं केन्द्रले युलेशमा थपेको २० ( २.४ एकड) रोपनी जग्गाका लागि समेत डाउन पेमेन्ट बुझाएको छ ।

समुदाय वलियो एकत्रित हुनका लागि भौतिक रुपमा जमघट हुने स्थान पनि जरुरी छ । समुदाय वढिरहेको छ , अव वृहत्त योजनाका साथ अघि बढ्नु आवश्यक छ । नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रसग जोडिएको बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष मनोज सिग्देलले भने यहाको नेपाली समुदायको सहयोगले नै यो गर्न सकिएको हो । सबैंको सहयोग रह्यो भने हामीले चाडैंनै हाम्रो अर्को मन्दिर युलेसमा पाउनेछौं ।

पछि खरिद गरिएको जग्गा ३ लाख ४८ हजारमा लिइएको र यो लिदा डाउनपेमेन्टका लागि सहयोगीहरुवाट एकजनावाट कम्तिमा ३ सय देखि १० हजारसम्म गरी ४८ जनावाट उठेको सहयोगवाट ३० हजार डाउनपेमेन्ट दिइएको सिग्देलले जनाए, विश्वखबरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *