२०८१ वैशाख २० गते | 2nd of May 2024

बृद्धभत्ता निर्णय गलत हो भने उपचारलाई ओलीजीले लिएको १७ करोड के हो ? – देउवा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १३ गते २:०९

काठमाडौँ । नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ । बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।

उसले सरकारले धमाधम गरेका नियुक्ति, सरुवा बढुवा र निर्णयहरु अनुचित भन्दै राज्कोषको दुरुपयोगमा मात्रै सरकारको ध्यान गएकोे बताएको हो । एमालेले संविधान, कानुन र संघीयताको मर्मविपरित गरेका कामलाई अव बन्ने सरकारले पुनर्विचार गर्ने समेत प्रष्ट पारेको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारले संविधानको गलत व्याख्या गरेर, जालझेल गर्दै तथा अनुपयुक्त सेटिङ र गलत मनसायबाट अलोकतान्त्रिक मनसायबाट सरकारमा बसिरहेको बताए ।

‘जालझेल, षड्यन्त्र र तिक्डम गर्न, आर्थिक संकटमा देशलाई फसाउने, सञ्चित रकम सक्न सरकार लागेको छ, सरकारले यतिबेला बजेट पेश गरेको हो वा नीति तथा कार्यक्रम पेश गरेको ? के प्रयोजनले सरकारलाई बृद्धभत्ताको उमेर घटाउनु पर्यो ?,’ ओलीको प्रश्न थियो । देउवा सरकारको ६५ बर्षकालाई बृद्ध भत्ता दिने निर्णय अलोकतान्त्रिक भन्दै उनले देशलाई आर्थिक संकटमा फसाउँने षड्यन्त्र भएको बताए ।

एमालेको निर्णय सुनेपछी प्रधानमन्त्री शेरबहादुर देउबाले झोक्किदै भने एमालेले त्यस्तो भन्ने हो भने केपिओलीको उपचारमा खर्च भएको राज्यको १७ करोडभन्दा बढी रकम राज्यलाई फिर्ता गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *