२०८१ वैशाख १९ गते | 1st of May 2024

लस एन्जलस घन्काउंदै, नेपाल आईडलको सांगितिक धमाका

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १४ गते ०:३३

गोकुल ढकाल – लस एन्जलस – बिश्व संचारमा अत्यन्त लोकप्रिय मानिएको टेलिभिजन रियालिटी शो अमेरिकन आइडलको फ्रेंन्चाइज “नेपाल आइडल” नेपालकै पहिलो एचडी टेलिभिजन च्यानल एपी वानले केही महिनाअघि मात्र सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेपाली टेलिभिजनमा यस प्रकारको गुणस्तरीय रियालिटी शो आउँछ भनेर सायद कसैले कल्पना नगरेको अवस्थामा नेपाली दर्शकलाई अन्र्तराष्टियस्तरको स्वादानुसार कार्यक्रम दिनुपर्छ भन्ने उद्देश्य राखेर १९ अप्रिल २०१७ बाट एचडी टेलिभिजन एपी वान एचडीले थालनी गरेको नेपाल आइडलले स्वदेशमा मात्र होइन बिश्वभरका नेपालीमाझ तरंग नै पैदा गरिदियो । फलस्वरुप टेलिभिजनको स्तरीयता उच्च हुन पुग्यो भने प्रतियोगीहरुको चिनारी बिश्वको कुना कुनामा फैलियो ।

असम्भब भन्ने केही छैन, मात्र साधना, अठोट र निरन्तरता भए हरेक कुरा सम्भव छ भन्ने गतिलो पाठ नेपाल आइडल कार्यक्रमले दियो । प्रतिभा भएर पनि फक्रिने अवसरबाट बञ्चित भएका कल्कलाउँदा प्रतिभाहरु नेपाल आइडलको मञ्चबाट चिनिए र बिश्वभर छरिएका नेपालीहरुको नजरमा परे । रियालिटी शो नेपाल आइडलको मञ्चबाट बिश्वसामु चिनिएका प्रतियोगीहरु अहिले लगातार एकपछि अर्को गर्दै देश विदेशका सांगितिक कार्यक्रमहरुमा ब्यस्त छन् ।

जीवनमा ठुलो गायक बन्ने सपना बोकेका पोखराका बुद्ध लामा, बिराटनगरका निशान भट्टराई र ललितपुरका प्रताप दास नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएसंगै विश्वभरिका नेपाली सामु परिचित भए । त्यसैको फलस्वरुप आज उनीहरु संबृद्धशाली बेलायत, अस्ट्रेलिया, दुबई लगायतका देशहरुमा आफ्नो सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेर अमेरीका आइपुगेका छन् ।

चर्चित मोडल रिमा बिश्वकर्मा कार्यक्रम प्रस्तोता :

त्यसो त बहुचर्चित नेपाल आईडलको लस एन्जलस प्रस्तुतिका लागि चर्चित मोडल तथा नायिका रिमा बिश्वकर्मा लस एन्जलस आउनेभएकी छन् । नेपाल आईडलको चर्चित कार्यक्रममा आफ्नो अब्बल प्रस्तुति दिएकी रिमा नेपाल आईडल अमेरिका यात्राको लागि प्रस्तेताको निम्ति अमेरिका आउन लागेकी हुन् ।

प्रष्ट प्रस्तुती र अभिनयको जानकार रिमाको हलिवड प्रस्तुती धमकेदार हुने आयोजकहरु बताउंछन् ।

अमेरीकाका बिभिन्न राज्यमा आफ्नो जादुमयी प्रस्तुती दिने अभिप्रायले अमेरीकी भुमिमा अवतरण गरेका नेपाल आइडलका तिन गायक बुद्ध लामा, निशान भट्टराई र प्रताप दास सहितको टोलिले नेपालीहरुको बाक्लो जनसंख्या रहेको रहेको लस एनजलस शहरलाई आगामी फेबु्रवरी ११ तारिखका दिन संगीतमय बनाउनेछन् । लस एन्जलस शहरमा धमाकेदार प्रस्तुतीका लागी सम्पुर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । नेपाल आइडल इन लस एन्जलस नामाकरण गरिएको उक्त सांगितिक कार्यक्रम भब्य, उत्कृष्ट र मनोरञ्जनात्मक बनाउन आयोजकहरु लागिरहेका छन् ।

नेपाली गीत संगीत र नेपाली कलाकारलाई प्रोत्साहन गर्न नेपाल आइडल इन लस एन्जलस कार्यक्रम आयोजना गरिएको जनाउँदै आयोजक टेक लामा, बीरबल बुढाथोकी र तारा गुरुगंले फेब्रवरी ११ आईतवारका दिन उपस्थित भई सांगितिक कार्यक्रमको आनन्द लिन आग्रह गरेका छन् ।

संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेशनलाई :

कार्यक्रमकहरुको चापले चेपिंदै आएको ब्यस्त लस एन्जलस नेपाली समुदायका बिच आयोजित महत्वाकांक्षी सांगितिक कार्यक्रमबाट खर्च कटाएर बचेको रकम स्वदेशमा बस्ती निर्माणका लागि रात-दिन खटेका कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना शर्मा ‘सुन्तली’को ‘धुर्मुस – सुन्तली फ़ाउन्डेशन’ लाई प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

चौंथो बस्ती निर्माणका क्रममा आर्थिक अभावमा रहेको फाउन्डेशनलाई परदेशबाट सकिने सानो सहयोगले अभावमा रहेकाहरुलाई आश्रय मिल्ने उनीहरु बताउंछन् ।

‘एक थुक थुके सुकी- सय थुके नदी’ भने झैं परदेशको सानो सहयोगले सांगितिक प्रस्तुतीको स्वादमा गरिने सहयोगले ठुलो अर्थ राख्ने आयोजकहरु बताउंछन् । यो सत्कर्ममा सहयोगको लागि लस एन्जलस नेपाली समुदायमा उनीहरुको अपिल छ ।

कार्यक्रमबारे जानकारी : मिति: ११ फेब्रुवरी, २०१८
स्थान: 15311 Pioneer Blvd, Norwalk, CA 90650
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति:
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक वाइवा लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)

USKhabar को सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *