२०८१ वैशाख २४ गते | 6th of May 2024

गजल

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १४ गते १९:४१

थाहा छैन मलाई यस्तो संसार कसरी भयो ?
कतै झिलमिल कतै अन्धकार कसरी भयो ?

हिजो हिटलरसंग थियो सद्दामसंग थियो,
आज बुद्धको हातमा तरबार कसरी भयो ?

मायाको मोल हुँदैन र बिकाउ हुँदैन भन्थ्यौ,
तिम्रै हातबाट मायाको व्यापार कसरी भयो ?

चामल किन्न नसकेर दाजु मुगलान गा’छ
भाउजुको गलामा सुनको हार कसरी भयो ?

मलाई यहि जिन्दगानी बाँचीराख्न मन छ
मान्छेहरुलाई मर्न हतार कसरी भयो ?

– बासु अधिकारी
डण्डा, नवलपरासी
हाल, टेक्सास

Leave a Reply

Your email address will not be published. Required fields are marked *