२०८१ वैशाख २० गते | 2nd of May 2024

पदमै रहेर अन्यायको विरुद्ध संर्घष गर्न प्रवक्ता शर्माको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १६ गते ९:४१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरुलाई पदमा रहेर छलफल तथा अन्र्तक्रियाका माध्यमबाट आन्दोलन गर्न आग्रह गरेका छन् । मंगलवार उनले धनकुटा कांग्रेसवाट राजिनिामा दिएका पदाधिकारीसँगको भेटमा पदमै रहेर धनकुटा र धनकुटेलीको पक्षमा अझ सशक्तढंगले आन्दोलनमा लाग्न आग्रह गरेका हुन् ।

उनले पदमै रहेर कांग्रेसलाई बदल्न र अन्याय र अपमानको विरुद्धमा आवाज उठाउदै नेतृत्वलाई सच्याउदै पार्टीलाई क्रियाशिल र सशक्त बनाउन पदाधिकारीहरुको खाँचो रहेको वताए ।

सरकारले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्दा धनकुटालाई प्रदेश १ को मुकाम नवनाएको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले राजिनामा दिएका थिए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, निर्वतमान सभापति मनोहनर नारायण श्रेष्ठ,सचिव विजय सन्तोषी राई,नेपाल प्रेस युनियनका केन्द्रिय सभासद राजेश्व वहादुर श्रेष्ठ लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रवक्ता शर्मा र नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई ज्ञापन पत्र दिदै राजिनामा दिनु पर्ने कारणहरु वारेमा जानकारी गराएका थिए ।

छलफल तथा अन्र्तक्रियामा प्रवक्ता शर्मा र मुख्य सचिव पौडेलले राजिनामा दिएका सवैलाई राजिनामा फिर्ता लिई कांग्रेसकै पदमा रही धनकुटा र धनकुटेलीहरुको न्याय र विकासका लागी अझ धेरै सक्रिय भएर लाग्न र नेपाली कांग्रेसलाई सुदृढगरी बदल्न समेत लाग्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *