२०८१ वैशाख १९ गते | 1st of May 2024

फागुन २६ गते सलमान खानले टुँडीखेल तताउने

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १६ गते ९:४६

काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको आउने पक्का भएको हो ।

शुक्रवार सलमा खानका भाइ तथा अभिनेता सोहेल खानले सलमान फागुनमा नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी गराए । दवाङ्ग इभेन्टमा सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेनन लगायत कलाकार नेपाल आउँदैछन्।

शुक्रवारै एयर इन्डिया विमानबाट नेपाल आएका साहेलले ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्ट हुने पक्का गरेका हुन् । अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्नेका थिए ।

दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगिया यसअघि नै काठमाडौंमा छन्। उनीहरुलाई नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले ‘गाईड’ गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *