२०८१ वैशाख १९ गते | 1st of May 2024

अन्तत: ठडियो लस एन्जलसमा नेपाली मन्दिर, ११ – १३ प्राण प्रतिश्ठा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते २०:०९

लस एन्जलस – आठ बर्षको अनवरत मेहनतको परिणामस्वरुप अन्तत: लस एन्जलसको नेपाली समुदाय भगवान पशुपतिनाथ र बुद्ध मन्दिर स्थापनाको सुगम सफलतामा पुगेका छन ।

बहुप्रतिक्षित लस एन्जलसको नेपाली मन्दिर तथा आफ्नै स्वामित्वको सामुदायिक भवन अन्तत: निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिश्ठाका लागि रात दिन खटेको छ, श्रीपशुपतीनाथ फाउन्डेशन र यहाँका नेपालीहरु । स्थानिय नर्वाक नगरले भवन संचालनका लागि इजाजत प्रदान गरेपछी पूर्णरुपमा निर्माण सम्पन्न भएको श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर तथा सामुदायिक भवन अब ‘प्राण प्रतिश्ठा’ गरेपछी सर्वसाधारणका लागि सदैव खुले हुने गरी संचालनमा आउने भएको छ ।

धार्मिक कार्यक्रम, सामुदायिक कृयाकलाप र भगवान पशुपतिनाथ लगायत हिन्दू देवी-देवताका पूजा अर्चनाका र बुद्ध दर्शनका लागि अन्ततोगोत्वा लस एन्जलसका नेपालीहरुको स्वामित्वमा रहेको यो मन्दिरको ढोकाहरु सर्वसाधारणहरुका लागि खुल्ला हुनेछ, फाउन्डेशनले जनाएको छ ।
परम्परागत रुपमा कुनै मन्दिर नव-निर्माण पश्चात राखिएका मुर्तीहरुको सम्मान र आस्थाका लागि प्राण-प्रतिश्ठा गरिने चलन छ ।

आगामी ११-१३ तारिख सम्म सम्पन्न हुने ‘बिशेष प्राण-प्रतिश्ठा’ कार्यक्रमपछी औपचारिक रुपमा प्रथम पटक हिन्दू तथा बौद्ध धर्मालम्बीहरुले आस्थाको केन्द्र भगवान पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दैनिक पूजा-अर्चना गर्न पाउनेछन ।

स्मरणीय छ, सात बर्ष पहिले ग्रेटर लस एन्जलस क्षेत्रमा आयोजित महापुराणको अवसरमा सैंयौं भक्तालुहरुले मन्दिर निर्माणका लागि सहयोग कबुल गरेका थिए । प्रवासी नेपाली सामुदायिक ईतिहासमा नेपालीहरु आफ्नै अन्तरात्माले एकजुट भएको यो नै पहिलो अवसर थियो । लस एन्जलसमा सम्पन्न महापुराण र यसले निर्माण गर्न लागेका सामुदायिक भवन र हिन्दु-बुद्ध मन्दिरको अभियान पछी बिशेषत अमेरिकाका अन्य शहरमा यसको सिको र अनुभवले धेरै यज्ञहरु सम्पन्न भएका छन । पुराणमा हालिएका होमादिहरुले सफलता कत्तिको प्राप्त गरे भन्ने आ-आफ्नै कथाहरु छन ।

नव-निर्मित मन्दिर भिडियोमा :

https://www.facebook.com/233925586741153/videos/1175200082613694/

Leave a Reply

Your email address will not be published. Required fields are marked *