२०८१ वैशाख १५ गते | 27th of April 2024

नेपाली सामुदायिक बिकासमा सधैं हातेमालो गर्ने एसेम्वलीम्यान मिलरको प्रतिवद्धता

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २५ गते १:००

न्युयोर्क – आप्रवासीहरुको बाहुल्यता रहेको न्युयोर्क क्विन्समा हुने सामाजिक गतिविधिलाई हरतरहले साथ दिने क्विन्स ३८ एरियाका एसेम्वलीम्यान माईक मिलरले बताएका छन् । रोटरी क्लव अफ न्युयोर्क क्विन्सको शनिवार बसेको नियमित बैठकमा अतिथि वक्ता रहनुभएका एसेम्वलीम्यान मिलरले रोटरी क्लवको उद्देश्य र भावना बमोजिम सामाजिक कामका लागि आफुले निरन्तर सहयोग गरिहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

शिक्षा, स्वास्थ्य, सरसफाई, शिपमुलक तालिम, खेलकुद लगायतका क्षेत्रलाई समयसापेक्ष र प्रभावकारी बनाउन आफु सधै लागिरहेको बताउँदै एसेम्वलीम्यान मिलरले अझ गर्नुपर्ने सुधार के कस्ता छन र कसरी गर्न सकिन्छ भन्ने सवालमा रोटरी क्वल अफ न्युयोर्क क्विन्सबाट सुझाव आउँदा हातेमालो गर्न सहज हुने बताउनुभयो ।

नियमित बैठकमा प्रत्येक पटक अमेरीकी कम्युनिटी लगायत अन्य समुदायका बिशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरि उहाँहरुको अनुभव र सफलताका सुत्रहरु सदस्यमाझ राखी उत्प्रेरणा अभिबृद्धि गर्दै सामाजिक कार्यमा सदस्यहरुलाई अग्रसर गराउन क्लवले यस प्रकारको कार्य थालनी गरेको अध्यक्ष डा. तारा निरौलाले उल्लेख गर्नुभयो । क्लवले Luggage In Life कार्यक्रमलाई यसै बैठकदेखि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । Luggage In Life बिश्वभर रोग, भोक र अभावमा बाँचिरहेका व्यक्ति तथा समुदायमा लक्षित कार्यक्रम हो । जो कोही सहभागि हुन सक्ने यस कार्यक्रममा क्लवले आफुसंग रहेको लगेजमा स्टेशनरी, भौतिक सरसामान राखेर बिपन्नताको भुमरीमा परेकाहरुलाई सहयोग गर्न सबैलाई प्रेरित गर्ने कार्यक्रमका सुत्रधार एवं क्लवका सचिव नवराज केसीले बताए । विभिन्न मुलुक भ्रमण गरिरहने पर्यटक एवं यात्रु पहिचान गरि लगेजसँगै आबश्यक सामान पठाउने Luggage In Life रोटरीका क्षेत्रमा उदाहरणिय कार्यक्रम हुने सचिव केसीले जनाउनुभयो ।

बैठकमा अघिल्लो साता अध्यक्ष डा. निरौला सहितको टोली र ग्रेटर रिजउड युथ क्लवबीच भएको कार्यगत छलफलका बिषयबारे उपाध्यक्ष मोहन ज्ञवालीले जानकारी गराउनुभयो । ग्रेटर रिजउड युथ क्लवका प्रसिडेन्ट Bob Monahan, चिफ फाइनान्स अफिसर Michelle Koch र चिफ अपरेटिंग अफिसर अफ एजुकेशन एण्ड प्रोगाम Janine Mahon तथा रोटरी क्लवबाट अध्यक्ष डा. निरौला, उपाध्यक्ष ज्ञवाली, सचिव केसी तथा सदस्यद्धय सञ्जिता कोइराला र अकुर लुइटेल सहभागि रहेको महत्वपूर्ण छलफलमा ग्रेटर रिजउडले संचालन गर्ने समर क्याम्पमा शिक्षा, मोटिभेसन तथा सांस्कृतिक पाटामा रोटरी क्लवले योग्य प्रशिक्षकसहित विभिन्न समुदायलाई सहभागिता गराउने निर्णय भएको छ । करीब डेढ घण्टा चलेको बैठकमा रोटरी क्लव अफ न्युयोर्क क्विन्सका नेतृत्वले सहभागिहरुबाट प्राप्त धारणा अनुरुप सबैको सामुहिक प्रयासबाट मात्रै अघि बढ्ने बताएका छन् । आगामी मार्च महिनाको नियमित बैठकमा समाज र समुदाय केन्द्रित जल्दाबल्दा बिषयमा नविनतम छलफलसंगै सामाजिक उत्प्रेरणा अभिबृद्धि गर्नका लागि अतिथि वक्ताको रुपमा क्विन्सबोरो कार्यालयकी प्रसिडेन्ट मेलिन्डा काज आउने पक्का भइसकेको छ । हाल २८ सदस्य रहेको क्लवमा समुदायमाझ परिचय बनाएका शिक्षित व्यक्तित्वहरु प्रवेश गर्ने तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *