पोखरा – पोखरामा सितेरियो सेइको काई कराते खेलाडीका लागि सुविधा सम्पन्न प्रशिक्षण हल निर्माण गर्न अमेरिकाको सानफ्रान्सिस्को, क्यालिफोर्निया स्थित हिमालयन फाउन्डेशन करर्पोरेशनले ३० हजार अमेरिकी डलर अर्थात नेरु करिव ३१ लाख सहयोग प्रदान गरेको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले उक्त रकम बराबरको चेक संघका अध्यक्ष शुष्मा गुरुङलाई हस्तान्तरण गरे । नेपालका पूर्व धावक र हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफ्नो व्यवसायको केही रकम च्यारिटी मार्फत नेपालमा सहयोग स्वरुप प्रदान गर्दै आइरहेको बताए ।![Image may contain: 2 people, people standing](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27971645_1751426898254242_7629155707807020_n.jpg?oh=aa4587cb3412fe7cab0c7033fcc6ecb8&oe=5AE11226)
सन २००२ र २००३ मा कालिफोर्नियामा भएको १०० माइल दौडमा नेपालको झण्डा मुनी दौडेका उनले तेश्रो स्थान हात पारेको र विगतमा नेपाली खेलाडीले भोग्नु परेका समस्याका बारेमा स्मरण गर्दै उनले भने–‘कुनै पनि खेलाडी भाइ बहिनीहरु पानीमा भिजेर प्रशिक्षण गर्नु पर्ने कुराको अन्त्य होस भन्नका लागि नै यो सहयोग प्रदान गरेका हौ ।’ श्रेष्ठले आफु पढेको विद्यालय सिन्धुपाल्चोमा समेत विद्यालयलाई सुविधा सम्पन्न बनाएको र भुकम्प पिडितको सहयोगार्थ फाउन्डेशनका तर्फ बाट ३५ हजार डलर प्रदान गरेको बताए । उनले यस भन्दा अघिका चार वटा परियोजनाहरु सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए ।![No automatic alt text available.](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27544556_1750355921694673_2260070085518858388_n.jpg?oh=4b9afa1e131e4f455b51ef0d867c104a&oe=5B2312B0)
फाउन्डेशनका अध्यक्ष श्रेष्ठले भने –‘हामीले यो पाँचौ परियोजना अन्तर्गत पोखराको कराते प्रशिक्षण हल निर्माणमा सहयोग गर्दैछौ र यो सहयोग जारी रहनेछ ।’ उनले उक्त प्रशिक्षण हल निर्माण गर्न थप १५ हजार डलर लाग्ने खर्च फाउन्डेशनले नै व्यर्होने समेत बताए । आफु अमेरिका बसाईको क्रममा सन २००६ मा उक्त फाउन्डेशन दर्ता गरेर विभिन्न च्यारिटी कार्यक्रम मार्फत नेपालमा सहयोग गर्दै आएको उनले बताए ।![Image may contain: 5 people, people sitting and indoor](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27750422_1751427024920896_9104835296526072492_n.jpg?oh=3be6a76f61c717f618f6b38a2530b128&oe=5B129776)
कार्यक्रम सितेरियो सेइको काई कराते संघका संस्थापक अध्यक्ष फत्त बहादुर गुरुङले पोखराको चाउथेमा करिव ७ आना जग्गामा उक्त प्रशिक्षण हल निर्माण कार्य अघि बढाइएको बताए । संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र गुरुङले विदेशमा बसेर पनि स्वदेशलाई सम्झिदैं फाउन्डेशनले नेपालको खेल, शिक्षा लगाएत सामाजिक कार्यमा गरेको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, फाउन्डेशनका महासचिव तेण्डु शेर्पा, राखेपका पूर्व सदस्य नम्वरी शेर्पा लगाएतको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण हल करिव ५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको संघले जनाएको छ ।![Image may contain: 2 people, indoor](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27544894_1751427058254226_2608061806126851378_n.jpg?oh=06d17912a5127504f398cae1bf671646&oe=5ADCEC9F)
![Image may contain: 3 people, people standing and indoor](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27750139_1751427114920887_684526870637710436_n.jpg?oh=e392f14a6b87b02bb463d3dc33f28a95&oe=5B0D253A)
![Image may contain: 4 people, people smiling, people standing](https://scontent-iad3-1.xx.fbcdn.net/v/t1.0-9/27750151_1751426974920901_5730583841626187600_n.jpg?oh=dfb8bf915cb3495abe1f1e4c982fa022&oe=5B0F8628)