२०८१ वैशाख २० गते | 2nd of May 2024

लस एन्जलस : पशुपति बुद्ध मन्दिरमा भोलीदेखी शुरु हुने प्राण प्रतिष्ठाको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २८ गते ४:३१

लस एन्जल्स – नेपाली समुदायद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको फेब्रुअरी ११ देखि १३ सम्म हुने प्राण प्रतिष्ठा पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार बिहानदेखि सुरु हुने पूजा तीन दिनसम्म चल्नेछ ।पूजाको अन्तिम दिन मङ्गलवार साँझ शिवरात्रि मनाइने योजना रहेको अध्यक्ष भक्त थापाले बताए ।

आइतबार बिहानदेखि सुरु हुने पूजा तीन दिनसम्म चल्नेछ । पूजाको अन्तिम दिन मङ्गलवार साँझ शिवरात्रि मनाइने योजना रहेको अध्यक्ष भक्त थापाले बताए

हरेक दिन सबै भक्तजनलाई प्रसादको व्यवस्था गरिएको मुकुन्द ढुङनाले बताए । बुद्धको मूर्तिको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने राम लामाले जानकारी दिए ।

भक्तजनहरू केही दिनदेखि मन्दिरको साजसज्जामा उत्साहपूर्वक जुटेका छन् । सम्भवत प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको ठूलो लगानीको मन्दिर बिधिवत रूपमा प्राण प्रतिष्ठा पूजा पश्चात सुरु हुनेछ ।

स्रोत : दुरविननेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *