२०८१ वैशाख २० गते | 2nd of May 2024

लस एन्जलस पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजाको पहिलो दिन सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २९ गते २:३७

लस एन्जलस – आइतबार बिहानबाट सुरु भएको पशुपतिनाथ तथा बुद्ध मन्दिरको प्राण प्रतिष्ठा पूजाको पहिलो दिन समापन भएको छ । पूजा तीन दिनसम्म लगातार चल्नेछ ।

भिडियो – १ :

https://www.facebook.com/gokulvivas/videos/10211510623817336/

बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को बुधवार साँझ ६ देखि ८ बजे सम्म हुने योजना रहेको छ । पूजामा नेपाली समुदाय लगायत भारतीय र आर्टेसिया शहरका मेयर अलि साजाद ताजको पनि उपस्थिति रहेको थियो ।


मुर्ती प्रायोजनको लागि आज २५ जनाबाट २३ हजार ८ सय २९ डलर संकलन भएको छ । मुर्ति स्पन्सरको लागी १३ फेब्रुअरी सम्मको म्याद दिइएको छ ।


करिब पन्ध्र करोड नेपाली रुपैयाँमा बनेको मन्दिर मंगलबारदेखि विधिवत रूपमा सुरु हुनेछ । मङ्गलवार नै हिन्दु धर्मावलम्बीहरूको महान् चाड शिवरात्री परेको छ ।

भिडियो – २ :

https://www.facebook.com/gokulvivas/videos/10211513648092941/

समाचार स्रोत : दुरविननेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *