लस एन्जलस – ग्रेटर लस एन्जलसका नेपाली सामुदायिक सदस्यहरुको अथक आठ बर्षको परिश्रमको फलस्वरुप आँफैंद्दारा निर्मित मन्दिरमा पुजा गर्ने सपना पुरा भएको छ । भर्खरै प्राण प्रतिष्ठा पुजा समापन भएसंगै प्रवासी नेपाली सपना पुरा भएको छ । लस एन्जलसमा नेपालीद्वारा निर्मित यस मन्दिरमा पशुपतिनाथ (शिवलिंग), नन्दी, गणेश, सरस्वती, दुर्गा, राम जानकी, राधाकृष्ण, विष्णु लक्ष्मी, बुद्ध र नव ग्रहको मूर्ती स्थापना गरिएको छ ।
![Image may contain: 14 people, crowd](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/27867432_1214666422000393_1061039153267163995_n.jpg?oh=6b5c831848a7c98025e9d3202ac4ad3f&oe=5B198D96)
दक्षिण क्यालिफोर्निया वासीले कठोर र लामो सङ्घर्ष गरेर आफ्नो आस्था र विश्वासको धरोहर आराध्य देव पशुपतिनाथको मन्दिर निर्माण गरेरै छाडे । करिब १५ करोड नेपाली रुपैयाँ अर्थात १५ लाख अमेरिकी डलरमा निर्माण कार्य सम्पन्न भएको छ । धेरैजनाको समय, मेहनेत, पसिना र निस्वार्थ श्रमदानको जोडफल यसमा मिसाइएको छैन । बुद्धको जन्म भूमि र पशुपतिनाथको देश नेपालबाट आएका हौ भन्नेहरूको भावनाको संगमस्थल हो यो ।
![](https://i2.wp.com/durbinnepal.com/wp-content/uploads/2018/02/%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A6-%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81.png?resize=201%2C300)
धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरणः हिन्दु र बौद्ध मन्दिर एकै ठाउँमा :
हरेक स्थानमा आफू जाँदा फरक-फरक धर्मको लागि छुट्टाछुट्टै मन्दिर पाएकोमा पहिलोपटक हिन्दु र बुद्ध धर्मवालाम्बीको साझा मन्दिर एकै स्थानमा देख्न पाउँदा आफूलाई खुसी लागेको बुद्ध धर्म गुरु खेन्पो रेम्पोचे जम्पाले बताए । पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्थापित बुद्धको मूर्तीमा सोमबार विशेष पूजाको अवसरमा गुरुले सो कुरा बताएका हुन् ।
![](https://i2.wp.com/durbinnepal.com/wp-content/uploads/2018/02/received_10160129600280694.jpeg?resize=300%2C225)
भगवान विष्णुका दश अबतारहरु मत्स्य, कुम्भ, बराह, नरसिंह, बामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की मा बुद्धलाई नवौँ अवतारको रूपमा लिइन्छ । रेम्पोचेले पूजा पश्चात् भने,”हामी जति धेरै जम्मा भएर पूजा गर्दछौँ तेती नै बढी शक्ति हुन्छ । हामी प्रौढ मात्र हैन आफ्ना नानीहरू पनि मन्दिर आउँदा ल्याउनु पर्दछ । नानीहरूले आफ्नो भाषा, धर्मसंस्कृति बिर्सेमा भोलि कहाँबाट आफू आएको समेत बिर्सने बताए ।” उनले अगाडि थपे,” तपाईँहरू मन्दिर बाहिर सबैले थाहा पाउनको लागि अन्य भाषा प्रयोग गरेतापनि भित्र भने नेपाली भाषा प्रयोग गर्नुस् । आफ्ना नानीलाई नेपाली भाषा सिकाउनुस् । भाषाले नै सबै संस्कृति जगेर्ना गर्नमा सघाउ पुर्याउछ । ”
![](https://i2.wp.com/durbinnepal.com/wp-content/uploads/2018/02/received_10160119814250694.jpeg?resize=300%2C225)
अमेरकामा आएर जीवनलाई व्यवस्थित गराउन सङ्घर्ष गरिरहेका धेरै नेपालीहरूको साथमा धेरै धन नभए पनि ठुलो मन भएका कारण यो काम सम्भव भएको हो । अमेरिकामा बस्ने नेपालीहरूको सबै भन्दा ठुलो लगानीको सामूहिक प्रयासको देखिने प्रतिफल यही हो । मन्दिरमा एक पेनी देखि एक लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरू हुनुहुन्छ । एक लाख भन्दा बढी सहयोग गर्ने २ जना ५० हजार डलर माथि सहयोग गर्ने ५ जना ३० हजार डलर माथिको सहयोग गर्ने १ जना २० हजार भन्दा बढी सहयोग गर्ने ७ जना १० हजार माथि सहयोग गर्ने ११ जना रहेका छन् । अरू मनकारी सहयोगीहरूको संख्या ७ सय ३० रहेको छ । यसरी प्राप्त भएको रकमले यो सम्भव भएको हो । पुजा अबधिभर मुर्ती प्रायोजनको लागि करिब १ लाख उठेको छ भने सय भन्दा बढिले प्रसादको लागि स्पन्सर गरेका छन । सहयोग रकम जति पनि गर्न सकिन्छ, सबै सहयोगको उत्तिकै महत्त्व रहेको हुन्छ भन्ने यसले उदाहरण प्रस्तुत गरेको छ ।
स्रोत – दुरबिननेपाल