२०८२ माघ ५ गते | 18th of January 2026

‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’- तरुण दल अध्यक्ष जितजंग

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ८ गते ८:५१

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट पार्टीलाई सशक्त बनाउने उद्घोष गरेका छन्। नेपाल तरुण दलले पार्टी कार्यालय सानेपा, गगन थापाको अगुवाइमा बत्तीस पुतली र नविन्द्रराज जोशीको अगुवाइमा टंगालबाट युवा नेताहरुले पार्टीलाई सुदृढ बनाउने अभियान थालेका हुन्।

पार्टी कार्यालयमा भएको कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आफूहरु नै कांग्रेसको आधिकारिक युवा भएकाले पार्टीलाई सशक्त पनि आफूहरुले नै बनाउने बताए । उनले गगन थापा वा अरु कसैले भन्दा तरुणका माध्यमबाट कांग्रेसलाई बलियो बनाउन लाग्ने जिकिर गरे ।

चुनावका कारण संगठन विस्तारमा लाग्न नपाए पनि फागुन २२ गतेदेखि तीन दिनसम्म जिल्ला अध्यक्षको भेलापछि सशक्त ढंगले अघि बढ्ने बस्नेतको भनाइ छ । उनले गुटका आधारमा नभइ क्षमताका आधारमा कार्यकर्ताको मूल्यांकन हुने भएकाले आफ्नो क्षमता देखाउन आग्रह गरे । बस्नेत सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *