२०८३ वैशाख ११ गते | 24th of April 2026

खेतमा शत्रुको आंखा छेक्न सन्नीको पोस्टर

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ९ गते १९:५०

आन्ध्र प्रदेश – भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्।

आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्।

‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक नजर लाग्ने गरेको थियो। त्यसैले मैले त्यसलाई अन्तै मोड्ने उपाय खोजिरहेको थिएँ। अन्ततः मैले सन्नी लियोनको पोस्टर टाँस्ने निर्णय गरेँ,’ ती किसानको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ। उनले खेतमा बन्दा, काउलीलगायतका तरकारी लगाएका छन्।

‘मेरो ईर्ष्या गरेर रुने होइन,’ पोस्टरमा तेलुगु भाषामा लेखिएको छ।

‘यो उपायले काम गरिरहेको छ। अहिले कोही पनि मेरो बालीमा हेर्दैन,’ रेड्डी भन्छन्।

आन्ध्र प्रदेशमा ग्रामीण क्षेत्रका अन्धविश्वासग्रस्त किसानले ‘आँखा नलागोस्’ भनेर खेतबारीमा तेलुगु भाषामा ‘बोम्मालु’ भनिने बुख्याँचा राख्ने चलन नौलो होइन। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *