वाशिङ्टन डि सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन्।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा तीन तहको निर्वाचन सम्पन्न गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियाद्वारा समावेशी सरकार निर्माण गरेको भन्दै बधाई दिएकाे उल्लेख छ।
दीगो आर्थिक सम्वृद्धि, सुशासन तथा स्थायीत्वको लक्ष्य प्राप्तिका लागि नवनिर्वाचित सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको ट्रम्पले बताएका छन्।

गत मंसिरमा भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमाले-माअाेवादीकाे वाम गठबन्धनले बहुमत पाएकाे थियाे। साेही जनमतअनुसार अाेली प्रधानमन्त्री नियुक्त भएका हुन्।