२०८२ पुष २७ गते | 11th of January 2026

एनआरएन निर्वाचन : महिला संयोजक पदमा लक्ष्मी खरेल थापाको उम्मेद्वारी, तात्यो सान-फ्रान्सिस्को

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते १७:०८

विश्वस्त शुत्रअनुसार एनआरएन, अमेरिकाको केन्द्रिय कार्यसमितिको हिजोको बैठकको निर्णयनुसार केही पर सार्न लागिएको निर्वाचन तालिका र सदस्य छानबिन समितिको आधिकारीक सुची बाहिर आउने तयारी हुंदै गर्दा निर्वाचन प्रचार र पछील्लो समयमा पनि आकांक्षी उम्मेद्वारहरुको घोषणा र प्रसार कार्यको रफ्तार तिब्र चलिरहेको छ ।

त्यसो त, यस अघी सम्पन्न एनआरएन, अमेरिकाको दुवै निर्वाचनमा निर्बिरोध भएको महिला संयोजक पदमा क्यालिफोर्निया राज्य, सान्-फ्रान्सिस्कोबाट लक्ष्मी खरेल थापाले महिला संयोजक पदमा उम्मेद्वारी दिएकी छिन् ।

ठुलो संख्यामा नेपालीहरुको बसोबास रहेको सान्-फ्रान्सिस्कोबाट संगीत, सहयोग र समाजसेवामा अग्रणी रहेकी लक्ष्मी खरेलको उम्मेद्वारीले महिला संयोजक पदको निर्वाचन दर्हो प्रतिस्पर्धामा देखिएको छ । एनडब्ल्यूजीएनकी कोशाध्यक्ष, लायन्स क्लब अफ बर्कर्लीकी सचिव, न्यान्सको महिला फोरममा सदस्य, सन्नी सगरमाथा समाजकी सदस्य, नेपालमा भिलेज नेपाल नामक संस्थामा संलग्न रहेकी एवम बिभिन्न सामाजिक संस्थाहरुमा सकृय रहेकी थापा बिगत लामो समयदेखी उक्त स्थानमा निरन्तर लागिपरेकी महिला हुन ।

प्रवासी महिलाहरूमा सिप र क्षमताको अभिवृद्धि, तिरस्कार र भेदभाव बिरुद्ध सशक्त आवाज, नारी सम्मान र सामाजिक अस्तित्वको रक्षा, सामुदायिक नेतृत्व, एकता, सद्भाव र सहकार्यका सिर्जनाका लागि हरसम्भव लागिपर्न ‘महिला संयोजक’ आफुलाई सहयोग गर्न थापाले अपिल गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *