२०८१ वैशाख १५ गते | 27th of April 2024

टिपिएस नविकरण पहलका लागि प्रधानमन्त्री ओलीसंग एनआरएनको अनुरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १२ गते २१:४९

अमेरिका (टेक्सास)- अमेरिकामा रहेका नेपालीलाई अमेरिका सरकारले प्रदान गरेको टेम्पोररी प्रोटेक्टेट स्टाटस (टिपिएस)को अवधि सकिन लाग्दा त्यसको नविकरणको लागि नेपाल सरकारको तर्फवाट आवश्यक पहल थाल्नका लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)ले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।

आउदो जुनमा टिपिएसको अवधि सकिने हुदा त्यसको नविकरण हुने वा नहुने अन्योलका बीच एनआरएनए आइसिसीले नेपाल सरकार समक्ष पहल थाल्न औपचारिक अनुरोध गरेको हो । नेपाल सरकारले अहिले पनि भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माण नसकिएको र अवस्था पुर्ण रुपमा ठिक नभएको उल्लेख गर्दै नविकरणका लागि अनुरोध गरे नविकरण हुन सक्ने संभावना रहेकाले त्यसका लागि आवश्यक पहल थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एनआरएनए आइसिसीले आग्रह गरेको हो ।

अमेरिकामा रहेका नेपाली सग सम्वन्धित टिपिएसको विषय अव एनआरएनए आइसिसीको समेत सरोकारको मुद्दा भएको भन्दै एनआरएनए आइसिसीले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेर एनआरएनए आइसिसीको टोलीले टिपिएस, दोहोरो नागरिकता, वैदेशिक लगानी, दोहोरो कर प्रणाली लगायतका विषयमा आवश्यक पहल थाल्न प्रधानमन्त्री समक्ष आग्रह गरेको थियो ।

आइसिसीले उठाएको विषयमा प्रधानमन्त्रीले आफुले यसबारे सम्बन्धित मन्त्रालय मार्फत छलफल अघि बढाउने र आवश्यकता अनुरुप विषयको सम्बोधन गर्दै जाने विचार राखेको भेटमा सहभागि एनआरएनए आइसीसीका सल्लाहकार हरीबोल भण्डारीले जनाए ।

भण्डारीका अनुसार  टिपिएसको सन्दर्भमा समेत प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएका छन् । सो भेटमा ज्ञापन पत्र बुझाउदैं अभिव्यक्ति दिएका एनआरनएनए आइसिसीका अध्यक्ष भवन भट्टले टिपिएसको मुद्दा अव आइसिसीको विषय भएको बताउदैं त्यस लगायत एनआरएनसग सम्वन्धित विभिन्न मुद्दामा यो सरकारसग मिलेर काम गरिने बताएको बैठकमा सहभागि एनआरएनए आइसिसी उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीले बताए । उनले टिपिएसको विषयमा आइसिसीले पहल थाल्नु आफैंमा सकारात्मक विषय भएको बताउदैं अव त्यसबारे नेपाल सरकारले समेत सकारात्मक भुमिका खेल्ने विश्वास आफुहरुले लिएको जनाए ।

एनआरएनए आइसिसी अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको टोलीमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पदाधिकारीहरु सपिला राजभण्डारी, बद्री केसी, शिशिर भट्ट, अमेरिकावाट गौरी राज जोशी, हरीबोल भण्डारी, नारायण जोशी, निरञ्जन केसी लगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *