नयाँं दिल्ली – बलिउडकी प्रख्यात कलाकार अभिनेत्री श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । श्रीदेवीको उमेर ५४ बर्षको थियो । अभिनेत्री श्रीदेवी दुबईमा मोहित मारवाहको विवाहमा सरिक हुन गएकी थिईन । कपूर परिवारको नातेदारको उक्त विवाह समारोहमा अचानक हृदयघातका कारण यी बहुचर्चित नायिकाको मृत्यु भएको छ । 
दुबईमा श्रीदेवीको साथमा उनकी पति बोनी कूपर र सानी छोरी खुशी साथमै गएका थिए । ठुली छोरी जाह्नवी कपूर फिल्मको शूटिंगका लागि मुम्बईमा थिईन । उनको मृत्युको खबरले बलिवूड लगायत उनका समर्थकहरुमा सन्नाटा छाएको छ । पछिल्ला बर्षहरुमा श्रीदेवी फिल्म मॉममा देखिएकी थिईन । उनीद्दारा अभिनित करिब ३०० चलचित्रहरुले बलिवूडमा राज गरेका छन । 
अभिनेत्रीको निधनको खबर सुनेर बलिवूड अभिनेत्री प्रियंका चोपड़ा, रितेश देशमुख, निमरत कौर, सुष्मिता सेन, जैकलीन फर्नांडिस, सिद्धार्थ मल्होत्रा लगायतका कलाकारहरुले दु:ख ब्यक्त गरेका छन । 
मिस्टर इन्डिया,चालबाज,लम्हे,खुदा गवाह,जुदाई लगायत थुप्रै हिट फिल्ममा अभिनय गरेकी श्रीदेवीलाई २०१३ मा भारत सरकारले पद्मश्री बाट सम्मान गरेको थियो।

श्रीदेवीले पाँच पटक फिल्मफेयर अवार्ड पाइसकेकी छिन्। १९६६ मा निर्माता बोनी कपुरसँग विहे गरेकी थिइन्। ५५ बर्षिय श्रीदेवीका दुई छोरी छन्।

श्रीदेवीको निधनमा दु:ख व्यक्त गर्दैं प्रियंका चोपडाले ट्वीट गरेकी छिन् ।

प्रियंकाको ट्वीट
