भर्जिनिया – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा कवी, कलाकारहरुले आ अाफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साँगीतिक माहोललाई नयाँ आयाम दिएका छन ।
![](https://4.bp.blogspot.com/-oWQji7HE6ig/WpITiRsnhtI/AAAAAAAAyFY/Epyya99eEOIjgKSdEMfucNEZFsealo-owCLcBGAs/s640/18839278_10214096906869932_2894435070457514668_n.jpg)
![](https://1.bp.blogspot.com/-YFOUTsoK5sM/WpITkVCTLSI/AAAAAAAAyFw/eO_2OSXBc3g2N-2TqUPz14g7RLXlTRg8QCLcBGAs/s640/28166452_10214096897069687_5735440085875377365_n.jpg)
प्रा. डा. हरिराज भट्टराई देखी खुराफाती हाकिम मनोज आचार्य सम्म, नीरा शर्मा, दुर्गा रिजाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, भुप नारायण घर्ति मगर, परशु तिमल्सेना, पुस्कर पन्त, अम्बिका गुरुङ, मन थापा, सुनिता खत्री, बिमला निरौला, कमला खरेल, राम शरण हुमागाइँ, गुणराज लुइँटेल, अरुण रुपाखेती, अम्बिका गुरुङ, सुजना ढकाल, शकुन्तला न्यौपाने, गोमा न्यौपाने, तारा न्यौपाने, पुस्पा घिमिरे, सिता लुइँटेल, खगेस्वर न्यौपाने, मोहन निरौला, बिना घर्ति मगर, सुस्मा खनाल लगायतका सबैका कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाचले अमेरिकामा पनि नेपाल र नेपालीको झल्को दिलाइरहेको थियो ।![](https://2.bp.blogspot.com/-Dm33fGtRCOQ/WpITn13bxhI/AAAAAAAAyGg/PVL4D5ipFr0y0VlCcuHPz0kSR39VqBm9wCLcBGAs/s640/28168295_10214096899789755_7406432155418991817_n.jpg)
![](https://3.bp.blogspot.com/-iL6obil1czI/WpITnorVh8I/AAAAAAAAyGY/jrdMA0K1tyk-zw4XtPaYO2fRYAlB9bJBACLcBGAs/s640/28167967_10214096896629676_1175579684756023666_n.jpg)
४ घण्टा चलेको उक्त कार्यक्रममा कवी तथा कलाकार पुस्कर पन्तको कविता सङ्रह नेपाल देखी अमेरिका सम्मको बिमोचन गरिएको थियो भने आयोजक हरुले अमेरिकाबासी नेपालीका तर्फ बाट खुराफाती उपनामले प्रसिद्धी पाएका अग्रज कलाकार मनोज आचार्यलाई वहाँले कला र साहित्यका क्षेत्रमा पुर्याउनुभएको योगदानअको कदर गर्दै सम्मान गरिएको थियो ।