२०८१ वैशाख २१ गते | 3rd of May 2024

राजन कुइँकेलले रचे इतिहास, एम्नेष्टी अमेरिकाको साधारण सभामा पहिलो पटक नेपाली

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १५ गते २१:१८

अमेरिका – एमेनेष्टी अमेरिकाको साधारणसभामा पहिलो पटक नेपालस्थित एम्नेष्टी इन्टरनेशनलबाट पनि औपचारिक रूपमा प्रतिनिधित्व भएको छ ।

एम्नेष्टी नेपालका अध्यक्ष राजनप्रसाद कुइँकेलले नेपाल देशको प्रतिनिधित्व गर्दै साधारणसभामा भाग लिएका हुन् ।

विश्वकै अग्रणी मानव अधिकार संस्था एम्नेष्टी इन्टरनेशनल अमेरिकाको ५३ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बेथेस्डा मेरियट हृटल एण्ड कन्फरेन्स सेन्टर रकभिल मेरिल्याण्डमा सम्पन्न तीन दिने साधारण सभाले एम्नेष्टी अमेरिकाका लागि केही पदमा नयाँ नेतृत्वसमेत चुनेको छ ।

एम्नेष्टी इन्टरनेशनलका महासचिव सलिल सेठ्ठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले विश्वमा मानवअधिकार उल्लंघनका नयाँ नयाँ प्रवृत्ति देखिएको भन्दै विश्वभर रहेका एम्नेष्टी अभियन्ताहरूले अझ निडर भएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प आएपछि लिइएका कतिपय नीति आलोच्य रहेकाले एम्नेष्टीले सधै खबरदारी गरिरहने पनि औल्याए ।

उनले अमेरिकाको ट्रम्पदेखि, रूसी राष्ट्रपति भ्लादीमीर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फिलिपिन्सका राष्ट्रपति डुटर्टे, सिरियाली शासक बशर अल असद हुँदै लोकप्रिय राजनीतिलाई आधार बनाउनेहरूबाट विश्वभर अहिले मानवअधिकारका लागि नयाँ चुनौति थपिएको उल्लेख गरे।

विश्वभर देखिएको शरणार्थी समस्या समाधानमा विश्व सरकारहरू इमान्दार नदेखिएको र विफल भएको पनि उनले उल्लेख गरेको मेरिल्याण्डबाट एम्नेष्टीका नेपाल अध्यक्ष राजन कुइकेलले जानकारी दिए ।

कुइँकेलले साधारणसभा सञ्चालित विभिन्न सत्रहरूमा नेपालका बारेमा जानकारी गराएका थिए, हाम्रा कुरामा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *