२०८१ वैशाख २१ गते | 3rd of May 2024

ओलीलाई बालुवाटारमै नवराजको बधाई, प्रहरीलाई पत्तै छैन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १६ गते ५:०८

काठमाडौं – किर्ते कागच गरेको अभियोगमा प्रहरीको खोजीमा परेको पूर्व डिआईजी नवराज सिलवाल बालुवाटार भित्र देखिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन उनि सरकारी निवास बालुवाटार पुगेका हुन् ।

यता नेपाल प्रहरीले भने उनको खोजी भईरहेको जनाउँछ । एमालेका सभासद समेत रहेका सिलवाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सम्म अर्धभुमिगत थिए ।

बढुवा प्रकरणदेखी विवादमा तानिएका सिलवाल केपी शर्मा प्रधानमन्त्री भएपछि सार्वजनिक भएका हुन् । सामाजिक सञ्जाल मार्फत कांग्रेस सभापति देउवाको बर्हिगमनको कटाक्ष समेत गरेका सिलवाल एमाले अध्यक्ष तथा प्रधानमन्त्री शर्माको शपथ संगै बाहिरिए । तर नेपाल प्रहरीको आखाँमा भने उनि फरार छन् ।

उनी अब पक्राउ पर्छन्, या सरकारले उनलाई सेफल्याडको अवसर दिन्छ त्यो भने आउने राजनीतिक घटना क्रमले प्रस्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *