२०८३ जेठ ३ गते | 17th of May 2026

भारत भन्दा नेपालको इन्टरनेट स्पिड प्रभावकारी

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १६ गते २१:०२

काठमान्डौं – मोवाइल इन्टरनेट स्पिडमा भारत नेपालभन्दा पछाडि परेको छ।

इन्टरनेटको गति मापन गर्ने लोकप्रिय सेवा प्रदायक ‘वक्ला’ को रिपोर्ट अनुसार नेपाल ९९ औं स्थानमा छ भने भारत सो लिस्टको १ सय ९ औं स्थानमा छ।

भारतको मोवाइल इन्टरनेट स्पिड पाकिस्तानको भन्दा पनि पछाडि रहेको छ।

गएको जनवरीमा नेपालको मोवाइल इन्टरनेट स्पिड १४.०५ मेघावाइट प्रतिसेकेण्ड रहँदा भारतको मात्र १२.१२ मेघावाइट प्रतिसेकेण्ड रहेको थियो।

संसारकै पहिलो नम्बरमा रहेको नर्वेमा भने सोही महिनामा ६२.६६ मेघावाट प्रतिसेकेण्ड गति भएको मोवाइल इन्टरनेटमा नागरिकहरु रमाएका थिए।

नर्वेलाई क्रमशः नेदरल्याण्ड,आइसल्याण्ड,सिंगापुर,माल्टाले पच्छ्याएका थिए ।

स्रोत : नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *