सप्तरी – प्रसिद्ध नेपाली पार्श्व गायक उदितनारायण झा करीब दश वर्षपछि आफू जन्मिएको गाउँ सप्तरीको भारदह पुगेका छन् । घरायसी कामको शिलशिलामा जन्मथलो पुगेका उदित जेठी श्रीमति रञ्जना झासँग करिब एक साता सप्तरीमा बस्ने छन् । यस वर्षको होली उनले आफ्ना बाल्यकालका साथीहरुसँग रमाइलो गरेर मनाउँदैछन् ।
गायन पेशामा लागेर झा लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् । झा गाउँ आउनेबित्तिकै भारदहस्थित प्रसिद्ध कंकालनी मन्दिरमा पूजा गरे । उदितलाई भेट्ने र फोटो खिच्नेको यतिबेला उनको घरमा भिड छ । उनी पनि प्रशंसकसँग रमिरहेका छन् ।
भारतमा बस्न थालेपछि गायक उदितले दीपा झासँग दोस्रो बिहे गरे । त्यसपछि जेठी श्रीमती रञ्जना झासित उनको सम्बन्ध विग्रिएको थियो । जेठी श्रीमती रञ्जनासँग चिसिएको उनको सम्बन्ध हाल सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।
जेठी श्रीमतीसँग सम्बन्ध सुधार भएपछि घरायसी कामका लागि भारदहस्थित घर आएका उनी बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मलीस्थित ससुराली (जेठी श्रीमतीको माइती) पनि पुगेका छन् ।
सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले दुई वर्षपछि फिल्मी गीत गाउने अवसर पाएका थिए । उनको पहिलो हिट गीत ‘कयामत से कयामत तक’ फिल्मको ‘पापा कहते है बडा नाम करेगा’ हो । उदितनारायणले अहिलेसम्म विभिन्न ३४ भाषाका २५ हजारभन्दा बढी गीत गाएका छन् ।
lasuna cheap – generic himcolin where to buy himcolin without a prescription
buy besifloxacin sale – where can i buy besifloxacin sildamax online buy
buy gabapentin no prescription – neurontin 600mg oral sulfasalazine 500 mg uk
buy probalan pills for sale – tegretol 200mg oral tegretol sale
buy celebrex 200mg for sale – order generic indocin buy generic indocin online
mebeverine over the counter – oral cilostazol 100 mg cilostazol tablet
purchase voltaren for sale – buy aspirin paypal buy aspirin 75mg online cheap
rumalaya online buy – amitriptyline online order endep 50mg without prescription
order mestinon – buy azathioprine for sale azathioprine 25mg generic
voveran buy online – cheap voveran tablets order nimotop pills
brand baclofen 10mg – ozobax online order order piroxicam 20 mg for sale