२०८१ वैशाख १९ गते | 1st of May 2024

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २२ गते ११:२९

काठमाडौं – सिचाई डिभिजन कार्यालय रुकुम अन्र्तगत निर्माणाधिन चौरहजारी सिचाई परियोजनाको हेडबक्र्समा अज्ञात समूहले बम राखेको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेता पनि निर्माण व्यवसायीहरुलाई आतंकित पार्ने गरी भएको यस किसिमको घटनाको महासंघले कडा शब्दमा भत्सर्ना गरेको छ ।

महासंघलाई साईड इन्चार्ज सोम थकालीबाट प्राप्त जानकारी अनुसार अज्ञात समुहबाट उक्त परियोजना निर्माणमा संलग्न व्यवसायीहरुसँग पैसा माग्ने, धम्क्याउने काम हुँदै आएको महासंघका महासचिव रामशरण देउवाद्धारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

परियोजना निर्माणमा कुमार श्रेष्ठ–बज्रगुरु–क्याराभान जेभी संलग्न रहेको महासंघले जनाएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा अहोरात्र खटिने निर्माण व्यवसायीहरुलाई आतंकति पार्ने यस किसिमका घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न तथा देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *