२०८१ वैशाख १८ गते | 30th of April 2024

नवराज केसी NYC Neighborhood Advisory Board मा नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २४ गते १५:०३

न्युयोर्क – सायद कसैको सपना नहोला स्वर्गको देश अमेरीका आउने, कस्को चाहना नहोला अमेरीकामा बस्ने अनि कस्लाई इच्छा नहोला अमेरीकी सरकारको अंग भएर समुदायका लागि काम गर्ने ? जो कोहीको भित्री मनमा उब्जिने यो वास्तविकता हर कोहीले पाउँदैनन किनकी अमेरीका आउने, बस्ने र सरकारी अंग भएर समुदायलाई गतिशिल बनाउन साधारण क्षमता र विना मेहनत असम्भवप्रायः छ ।

यहाँ हरेक व्यक्तिका भोगाई फरक छन, सोचाई भिन्न छन र क्षमता मुल्यांकन गर्नै नसकिने छन् । यसैमध्येका एउटा क्षमतावान व्यक्ति हुन, नवराज केसी । धादिंगको फुलखर्कदेखि अमेरीकासम्मको यात्रामा जिवनलाई सदैव उर्जावान र परिणाममुखी बनाउँदै आएका नवराज केसीको प्रत्येक घटना र भोगाईलाई केलाएर हेर्दा लाग्छ माथीका उद्गार सर्वथा फिका सावित हुन्छन् ।

अध्ययन, व्यवसाय र सामाजिक क्षेत्रमा पछाडी मोडिएर हेर्न नपरेको केसीको जिवनमा स्वर्गको देश अमेरीका, यहाँको बसाई र अमेरीकी मुलधारमा प्राप्त सफलता नै एकपछि अर्को सफलताको ज्वलन्त उदाहरण हो । लगभग डेढ दशकदेखि न्युयोर्कलाई कर्मथलो बनाउँदै आउनुभएका नवराज केसीले आफ्नो बौद्धिकतालाई निखार्दै यहिबाट माष्टर डिग्री गर्नुभयो, मेहनतलाई ब्यवहारमा उतारेर सफल व्यवसायीका रुपमा उभिनुभयो भने अमेरीका आएदेखि नै विभिन्न समुदायसंग भिजेर सामुदायिक बिकास र प्रर्वद्धनमा निरन्तर लागिरहनुभयो ।

यहि निरन्तरको काम, सेवा र सकारात्मक उर्जा नै अमेरीकी सरकारको लागि गर्विलो कसी बन्न पुग्यो, फलस्वरुप गत फेबु्रअरी महिनामा उहाँलाई अमेरीकी सरकारको क्विन्सवोरो कार्यालयकी President Melinda Katz ले NYC Neighbourhood Advisory Boards मा आगामी ३ बर्षको लागि नियुक्त गर्नुभयो । विगतदेखि नै दीनदुःखीका जिवनमा भोक, रोग र शोकलाई मल्हमपट्टी लगाउँदै आउनुभएका नवनियुक्त बोर्ड सदस्य नवराज केसी नेपाल लगायत अन्य मुलुकमा निशुल्क सर्जिकल स्वास्थ्य मिसन लिएर पुग्ने सक्षम नेतृत्वकर्ता हुनुहुन्छ ।

अझ विनाशकारी भुकम्पपछिको जलन र पिडालाई शितलता दिन ५० जना चिकित्सकको टोली नेतृत्व गर्नु सम्भवतः उहाँको जिवनकै अग्निपरीक्षा थियो, जुन मिसनले सफलतापूर्वक काम गरेर फर्कियो त्यसको मुल्यांकन अमेरीकी सरकारको ब्यारोमिटरमा अंकित भयो । हालैमात्र क्विन्सवारो प्रेसिडेन्टबाट नियुक्तिपत्र बुभ्mनुभएका नवनियुक्त बोर्ड सदस्य नवराज केसीले उक्त बोर्डमार्फत न्युयोर्क सिटीको समुदायिक सेवा र समुदायको बिकासका लागि प्रदान गरिने आबश्यक बजेट (Block Grant) बारे निर्णय गर्दा महत्वपूर्ण भुमिका बहन गर्नुपर्नेछ । गतिशिल अमेरीकाको ब्यस्त राज्य न्युयोर्कका समुदायमाझ आप्mनो जिम्मेवारीलाई शसक्त र प्रभावकारी बनाउन आगामी ३ बर्षे कार्ययोजनाको प्रारम्भिक खाकाबारे गृहकार्य थालिसक्नु भएका नवनियुक्त केसीले अहिलेको बोर्ड सदस्य नियुक्त आफ्नो लागि अमेरीकी मुलधारको उचाईमा पूग्ने सिढी रहेको प्रतिक्रिया दिनुभएको छ ।

बौद्धिक व्यक्तित्व नवराज केसी व्यवसायसंगै सामाजिक संस्था रोटरी क्लव अफ न्युयोर्क क्विन्सका चार्टर सचिव हुनुहुन्छ । यस्तै नवस्थापित हिमालयन डेमोक्रेटिक क्लवका डिष्टिक लिडरको दायित्वलाई सहजतापूर्वक निर्वाह गर्दै आउनुभएका नवनियुक्त बोर्ड सदस्य केसी बहुविधालाई अंगाल्ने क्षमतावान लिडर हुनुहुन्छ । जिवन यात्रा हो जहाँ सिक्ने र सिकाउने कार्य निरन्तर चलिरहन्छ । कहिल्यै पूर्ण नहुने मानव जिवनमा आफ्ना उद्देश्य र लगावलाई निरन्तरता दिदै सकारात्मक भावनाले हामी र हाम्रो सामुदायिक फुलवारीमा पवित्र जल सिञ्चित गर्दै सबैको मन मनमा बसेर आगामी दिनमा अझ फराकिलो मार्गबाट सफलताको शिखर मापन गर्ने प्रेरणा मिलिरहोस, सफल कार्यकालको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *