धनगढी । एक बालकसहित ९ सुरक्षाकर्मीकाे बर्बर हत्या भएकाे टीकापुर घटनाका मुख्यअभियुक्त रेशमलाल चाैधरीकाे अनशन बसेकाे पाँचाैँदिन स्वास्थ्यअवस्था बिग्रिएकाे छ ।
जिल्ला कारागारभित्रै अनशन बसेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद चौधरीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ । चौधरी २० फागुनदेखि जेलभित्रै अनशन बसेका थिए ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अहिले सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ।
आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्नेलगायत तीनबुँदे माग राखेर उनीहरूले अनशन थालेका हुन् ।
उनीसहित थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्त नै जेलभित्र अनशन बसिरहेका छन् । अनशन सबेका विश्राम चौधरीलाई गएराति नै अस्पताल लगिएको थियो ।