नयाँ दिल्ली । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकाे स्वस्थ्यमा सुधार हुँदै गएको छ ।
भारतकाे नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा उपचार गराइरहेका खड्काे स्वास्थ्यअवस्था हाल सुधाराेन्मुख रहेकाे प्रकाश अधिकारीले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
केहि हप्ताअगाडि अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडाैंकाे थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएकाे थियाे ।
तर, ‘माइल्ड स्ट्रोक’ का कारण अवस्था गम्भीर हुँदै गएपछि नर्भिकले खड्कालाई नयाँ दिल्लिस्थित एपोलो अस्पतालमा नै लगी उपचार गराउन परिवारजनलार्इ सुझाव दिएकाे थियाे ।
खड्काले २ वर्षअघि एपाेलाेमै मिर्गौला प्रत्यारोपण गराएका थिए । अहिले स्वास्थ्य सामान्य हुँदै गएकाे भए पनि अझै केहि महिना दिल्ली बसेरै उपचार गराउने परिवारजनले बताएकाे छ । फेसबुकमार्फत सार्वजनिक गरिएकाे तस्बिरमा खड्काको शरीर सुन्निएकाे जस्ताे देखिएकाे छ ।