२०८१ वैशाख २० गते | 2nd of May 2024

गगन थापा होलान् त कांग्रेसको मुख्य सचेतक !

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २५ गते १२:०९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् ।

काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन् ।

देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि मनोनित गर्न बाँकी छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएपछि कांग्रेस सभापति देउवालाई प्रधावकारी ढंगले काम गर्न सक्ने क्षमतावान सांसदलाई मुख्य सचेतक बनाउन दबाब पनि बढेको छ ।

मुख्य सचेतकमा काग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षले गगन थापालाई मनोनित गर्न संसदीय दलका नेता देउवालाई दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *