२०८२ असोज ३० गते | 16th of October 2025

प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २५ गते १२:३९

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा उम्मेदवारी दिएका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा एकल उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन।

उनको उम्मेदवारीलाई एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका थिए।यसको औपचारिक घोषणा भने भोलि हुने बताईएको छ ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *