२०८१ वैशाख २० गते | 2nd of May 2024

उपराष्ट्रपतिमा महन्थ ठाकुर, राजपाद्दारा विद्या भन्डारीलाई समर्थन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २५ गते १७:२६

काठमान्डौं । राजनीतिमा असम्भव केही छैन भन्ने कुरा फेरि एकपटक पुष्टि भएकाे छ । कुनै वेला पानी बाराबारकाे शत्रुतापूर्ण व्यवहारमा रहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र राजपाका नेताकाे सम्बन्ध अहिले सुमधुर बन्दै गएकाे छ ।

एकातिर प्रधानमन्त्रीले अाेलीले उपराष्ट्रपतिमा राजपाकाे अध्यक्ष मण्डलका संयाेजक महन्थ ठाकुरलार्इ प्रस्ताव गरेका छन् भने अर्काेतिर अाजै राजपाकाे बैठकले राष्ट्रपति चुनावमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय लिएकाे छ ।

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएकाले यस्ताे निर्णय लिइएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *