२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएन क्यालिफोर्निया च्याप्टरको सामाजिक संजालको अधिकारिकताको दुरुपयोग भएकोमा आपत्ती

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २६ गते २२:०५

सान फ्रान्सिस्को । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरले आफ्नो संस्थाको अधिकारिक सामाजिक संजाल तथा अन्य माध्यमबाट बिभिन्न समुहहरु बनाई दुरुपयोग भएको जनाएको छ । संस्थाका सचिव रोशन अधिकारीले बक्तब्य जारी गर्दै यस्ता कार्य नगर्न चेतावनी दिएका छन । सचिव अधिकारीद्दारा प्रेशित बक्तब्य :

मिती मार्च ८,२०१८,बिहीबार
प्रेस बिज्ञप्ती

सामाजिक संजाल विशेषगरी फेसबुकबाट एनआरएनए एनसीसी अमेरिका क्यालिफोर्निया चाप्टरको नाममा समुह बनाई अनाब्श्यक रुपमा समाजका प्रतिस्ठीत व्यक्तिहरुलाई गाली गलौज गर्नुको साथै अनाब्श्यक भ्रमहरु फैलाउने काम हुदै आएको गुनासो आएकोले त्यस्तो कार्य तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ।

हालसम्म क्यालिफोर्निया चाप्टरले सामाजिक संजालमा कुनै पनि समुह नबनाएको कुरा सबैमा जानकारी गराउदछु साथै सो अनाधिकृत रुपमा जसले यो कार्य गरेको हो तुरुन्त बन्द गर्न अनुरोध गर्दछु। यदी बन्द नगरेमा कानुनको सहारा लिएर कारबाही गरिने जानकारी गराउदछु।

यस कार्यबाट जस जसलाई हानी भएको छ उहाहरुसँग क्षमा माग्दै चाप्टरको नाममा कुनै पनि आधिकारिक समुह, फेसबुक, भाइबर, इमेल आइडी नभएको र अधिकारिक रुपमा सस्थाको सचिब रोशन अधिकारीको फेसबुक र इमेलबाट सूचनाहरु जानकारी गराइ रहेको कुरा अबगत गराउदै आगामी दिनहरुमा पनि यसैबाट जानकारी गराउने कुरा अबगत गराउन चाहन्छौ।

साथै हामीले एनआरएनए एनसीसी अमेरिकासँग फेसबुक, भाइबर, इमेल आइडी बनाउनको लागि अनुमती मागेका छौ। सो अनुमति पाउना साथ सबै कुरा बनाई सबैलाई जानकारी गराउने कुरा पनि यसै बिज्ञप्ती मार्फत जानकारी गराउदछु।

धन्यवाद ।
रोशन अधिकारी
सचिव
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
क्यालिफोर्निया राज्य च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *