अमेरिका । नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका संयोजक प्रभातराज सापकोटाले संगठन बिस्तार गर्नुभएको छ ।
हालै नेबि संघ अमेरिका शाखाको संयोजक मनोनित हुनुभएका सापकोटाले अमेरिकामा बिभिन्न कलेजमा अध्ययनरत नेपाली कांग्रेसमा आस्था राख्ने बिद्यार्थीहरु सम्मीलित २१ सदस्सिय कार्यसमिती बनाउनुभएको हो । समितीको सदस्य सचिवमा राम सिं कोइराला चयन हुनुभएको छ भने कोषाध्यक्षमा मुना भण्डारी चयन हुनुभएको छ ।
समितीको सदस्यहरुमा स ुदिप ढुंगाना, दिक्षा अधिकारी, बिकाश रुवाली, डा. चन्द्र बिक्रम केसी, बिपिन सिंह थापा चयन हुनुभएको संयोजक सापकोटाले बताउनुभयो ।
यस्तै बिनायक स ुबेदी, बिद्यान भुर्तेल, रोमित बस्नेत, बिश्णु शर्मा, अमित अधिकारी, अस्मिता थापा, लीली चौधरी, रिसी आचार्य, पुजा कुंवर क्षेत्री, ओरबिल थापा, कुशल थापा, हरि बिक र केपी भट्ट पनि सदस्यमा चयन हुनुभएको छ ।