२०८२ चैत १ गते | 15th of March 2026

दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली सवार, कतिको ज्यान गयो !

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ११:३३

काठमान्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार दुर्घटनामा ग्रस्त भएको यूएस बङ्ला विमानमा ३३ जना नेपालीहरु सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

दुर्घटनाको जनकारी दिन भर्खरै प्रेस विज्ञप्ती जारी गर्दै विमानस्थल ३३ नेपाली सहित ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु सबार रहेको जनाएको छ। विमानस्थलका उद्धार तथा नियन्त्रकहरु द्धारा आगो नियन्त्रण भएको र घाइतेहरुको उपचार भै रहेको विज्ञप्तीमा उल्लेख छ। सबै नेपालीको ज्यान गएको जनाईएको छ ।

विमान दुर्घटनापछि घटना बारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन । दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन् ।
त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानस्थलपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *