२०८१ वैशाख २२ गते | 4th of May 2024

जर्ज मेशन युनिभर्सिटी भर्जिनिया पढ्ने नेपाली बिद्धार्थी घरमै मृत फेला

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २९ गते २०:११

भर्जिनिया । भर्जिनिया हरण्डन निबासी एकजना नेपाली बिध्यार्थी हिजो मार्च १२ सोमबारका दिन घरमै मृत भेटिएका छन् । स्वस्थ शरिर भएका २३ बर्षिय बिध्यार्थी दिउसो खानपिन सकेर एक्लै घरमा बसेका बेला मृत भेटिएका हुन । मृत्युको कारण हृदयघात भनिएको भएपनि अनुसन्धान जारि रहेकोले अहिले नै केहि भन्न नमिल्ने जनाईएको छ ।

घरमा डेरा गरि बस्ने एकजना ब्यक्तिले प्रहरि कल गरे पस्चात उनलाई रेस्टन हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याउनु पहिलै उनको मृत्यू भैसकेको डाक्टरहरुले परिवारलाई जानकारि गराएका छन् । सबै जाँच पछि मात्रै बिस्तृत जानकारि बाहिर ल्याउन मिल्ने परिवारलाई उदृत गर्दै एकजना समाजसेवीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *