काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत ६ जना कर्मचारीको सरुवा गरिएको छ । युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीको सरुवा गरिएको हो ।
उनीहरुलाई अर्को विभागमा सरुवा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको हो । एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देख्दा उनीहरुमा त्रास सिर्जना भईरहन हुनसक्ने भएकाले अन्य विभागमा सरुवा गरिएको उपमहानिर्देशक पोखरेलले बताए ।