काठमाडौं । गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन् । पेस्तोलसहित पक्राउ परेका लामाले प्रहरीलाई आफूलाई गोली हान्ने प्रयास भएपछि पेस्तोल खोसेर प्रहरीलाइ दिन ल्याएको बताएका थिए ।
लामाको साथबाट पेस्तोल र ६ राउण्ड गोली पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ![गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ](http://baahrakhari.com/uploads/news/images/409451059ganesh-lama.jpeg)
बा ३ च १७२ नम्बरको गाडीसहित उनी काठमाडौंको गौशालाबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।