सागर श्रेष्ठ /सान फ्रान्सिस्को – क्यालिफोर्नियाको सन्निभेलस्थित पुरानो नेपाली संस्था सन्नी सगरमाथा समाजले बिगत केहि बर्ष देखि नेपाली नयाँ बर्षको उपलक्षमा पिकनिक आयोजना गर्दै आएको यो संस्थाको पिकनिकमा पछिल्ला वर्षहरुमा हजारौंको उपस्थित हुने गरेको छ ।
आगामी एप्रिल १४, २०१८ शनिवारका दिन आयोजना गरिएको यो पिकनिकमा १५०० देखि २००० को हाराहारीमा नेपालीहरु उपस्थित हुने कुरा
आयोजकहरुले बताएका छन् ।
संभवत: नेपाली अमेरिकनहरुले आयोजना गर्ने मध्य यो नै सबैभन्दा ठूलो संख्यामा नेपालीहरु उपस्थित रहने पिकनिक होला । आयोजकहरुले यो बर्ष उत्कृष्ट निमन्त्रणलाई पुरस्कार समेत दिने घोषणा गरेका छन्। नयाँ तथा पुराना कार्यसमिति तथा सल्लाहकार बाहेक अन्य शुभेच्छुकहरुले भिडियो, अडियो तथा लेखेर निमन्त्रणा प्रचार-प्रसार गर्नुहुने मध्य तीनजनालाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको जनाएको छ ।
संस्थाले सहयोग शुल्क २० डलर लिएर दिनभरी भोजन, मनोरंजन अनि सफ्ट र अल्कोहलिक पेय पदार्थको समेत ब्यबस्था गरेको छ। यो बर्ष पूर्ण शेर्पाले नेपालीहरुको चर्चित पेयपदार्थ छ्याङ्गको समेत ब्यबस्था गर्नुभएको छ । आयोजकहरुले सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ ।
थप जानकारी र सम्पर्कको लागि :
आर्थिक संकलन संयोजक सुस्मिता सिजापती – 650-335-5889 र
नारायण खानाल – 408-242-6823
स्रोत : हलिवूडखबर