नर्थ क्यारोलिना – एनआरएनए राष्ट्रिय समन्वय समिति अमेरिका, नर्थ क्यारोलाइना च्याप्टरको आयोजना र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी) को सहआयोजनामा यही मार्च ११, २०१८ मा नर्थ क्यारोलाइनाको केरी सहरमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको खबर प्राप्त भएको छ । करिव १५० जना जतिको उपस्थितिमा लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा आदि विषयमा अनुसन्धानरत विज्ञ र अधिकारकर्मीहरूको प्रस्तुति, स्थानीय संघसंस्थाका प्रतिनिधिहरूवीच अन्तरक्रिया र सांगीतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको छ।
एन आर एन ए राष्ट्रिय समन्वय समिति अमेरिका, नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षता र महिला संयोजक कल्पना घिमिरेको उदघोषणमा संचालित कार्यक्रमको सुरुमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूले नेपाल र अमेरिकाको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महिला संयोजक शोभा खनालले स्वागत गर्नुभएको थियो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29249913_10204787001831419_916496336784719872_n.jpg?oh=37bddba2a36af8ca27458e9a96be7b7c&oe=5B384D95)
कार्यक्रमको उद्देस्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक कल्पना घिमिरेले लैंगिक समानता, लैंगिक हिंसा, अधिकार जस्ता विषयहरूमाथिको वुझाई आ-आफ्नो संस्कृति, स्थान र प्रचलित कानून अनुसार पनि फरक पर्ने हुनाले आफू जहाँ बस्यो त्यहाँको सन्धर्भमा बुझ्न जरुरी हुने भएकोले यस पटक अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा नेपाल र अमेरिका दुवै देशको सन्धर्भमा अनुसन्धानरत विज्ञ र अधिकारकर्मीलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रमले स्थानीय संघसंस्थाहरूलाई लैंगिक विषयमा सचेतना वृद्धि गरी भविष्यमा लैंगिक नीतिनियमहरू बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29258627_10204787135554762_8402139393250295808_n.jpg?oh=c8cd2395ea6d9305ae9511a9f3b29e54&oe=5B3FCAA0)
विगत २५ बर्षदेखि नेपाल र अमेरिकामा महिला स-शक्तिकरण, महिला अधिकार, धर्म, संस्कृति र रितिरिवाज सम्बन्धि अनुसन्धानरत युनिभर्सिटी अफ नर्थ क्यरोलाइनाका प्राध्यापक डा लाउरेन लेभले नेपाल र अमेरिकाको बिभिन्न सांस्कृतिक र कानूनी सन्धर्भमा लैंगिक सवाल, लैंगिक विवेध, लैंगिक हिँसासम्बन्धमा प्रवचन दिनुभएको थियो । उहाले आफ्नो प्रस्तुतिको क्रममा सांस्कृतिक मान्यता अनुसारको आ-आफ्नो बुझाइले फरक ठाउँ र परिस्थितिमा लैंगिक सवालमा “मिसअन्डरस्ट्याण्ड” पनि हुन सक्ने र खास गरी अमेरिका जस्तो देशमा कार्य क्षत्रमा यसले नसोचेको समस्या पनि निम्त्याउन सक्ने हुनाले ठाउँ र सन्धर्भ अनुसार लैंगिक सवाललाई बुझ्नुपर्ने कुरामा जोड दिनुभयो । उहाले पछिल्लो परिवर्तित अवस्थामा अमेरिकामा लैंगिक सवाल झन् जल्दोबल्दो भएको स्मरण गराउनुभयो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29250249_10204787135634764_8094287802604191744_n.jpg?_nc_cat=0&oh=6302598f6586bfa20ac1121e12837577&oe=5B359AA3)
प्रवचनको क्रममा दोस्रो वक्ताको रुपमा नर्थ क्यालोलाइनामा कार्यरत अधिकारकर्मी संस्था किरणका प्रतिनिधि सीमा काकले आप्रवासी समुदाय वीच नर्थ क्यारोलाइनामा रिपोर्ट हुनेगरेका लैंगिक हिम्सा सम्बन्धि जानकारी प्रस्तुत गर्दै किरण संस्थाले लैंगिक हिंसामा परेका व्यक्तिहरूलाई कसरी सहयोग गर्दै आएको छ र नेपाली समुदायले किरणसंग सहकार्यमा कसरी काम गर्न सक्छ भन्ने बारे चर्चा गर्नुभएको थियो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29249572_10204787134234729_7575757174052225024_n.jpg?oh=a204173d4acbb93ceb720dbd30ed68d4&oe=5B3B5FE0)
विज्ञहरूको प्रस्तुतिपछि स्रोताहरुले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।विज्ञ वक्ताहरूको प्रस्तुति र प्रश्नोत्तर सेसनलाई डा ऋषि बस्ताकोटी र डा अर्चना लामिछानेले सहजीकरण गर्नुभएको थियो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29249386_10204787133434709_4982596263078789120_n.jpg?oh=3234bf117b2bf574418a31b08ac0bdde&oe=5B023453)
कार्यक्रमको बीचमा स्थानीय कलाकार रोशनी अधिकारीले आफ्नो सांगीतिक प्रस्तुति दिएर सहभागीहरूलाइ मनोरंजन प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा संघसंस्थाका प्रतिनिधि र आमन्त्रित अथितिहरूको मन्तव्य रहेको थियो । यसरी मन्तव्य राख्नेहरूमा साहित्यकार नीलम कार्की निहारिका, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी ) का अध्यक्ष्य डा बटु शर्मा, एन आर एन ए अमेरिका एन सी सी सीका उपाध्यक्ष्य राधा पौडेल, स्थानीय च्याप्टरका अध्यक्ष्य बाबुराम पोखरेल लगायतका हुनुहुन्थ्यो ।
मन्तव्यको क्रममा डा बटु शर्माले लैंगिक सवाललाइ आफ्नो घरभित्रैदेखिबाट सम्बोधन गर्नपर्ने र यो विषय कुरा गरेर भन्दा पनि आफ्नो धारणा र व्यबहार परिवर्तन गरेर देखाउनुपर्ने विषय हो भन्नुभयो । उहाले यस्ता कार्यक्रमले स्थानीय संघ संस्थाहरूलाइ लैंगिक सवाललाइ महत्वकासाथ हेर्न सचेत गराउने र आजको छलफल समुदायको लागि लाभदायी भएको जनाउनुभयो ।
एन आर एन अमेरिकाकी उपाध्यक्ष राधा पौडेलले बिगतदेखि एन आर एनले महिलाको सवालमा गर्दै आएको कार्यक्रमहरूको बारेमा प्रकाश पार्दै भावी कार्यनीतिहरूबारे पनि बोल्नुभएको थियो ।उहाले बर्तमान कार्यसमितिले गर्दैआएको परिचयपत्र वितरण, हेल्पडेस्क लगायतका कामहरूको बारेमा पनि जानकारी प्रदान गर्नुभएको थियो । मन्तव्यकै क्रममा उहाले महिला दिवसको अवसर पारेर नर्थ क्यारोलाइना च्याप्टर र एनसीएनसीले यति सिर्जनशील कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाहरूलाई बधाई समेत दिनुभएको थियो ।
मन्तव्यको क्रममा च्याप्टरका अध्यक्ष्य बाबुराम पोखरेलले नेपाल बाहिर बसेपछि हामी सबै एन आर एन हौ र हामी जुन स्थानमा बस्छौं त्यहाँको स्थानीय संस्थासंग पनि हामी सबै प्रत्यक्ष्य वा परोक्ष्य रुपमा संलग्न हुन्छौं । यसैले एन आर एन र स्थानीय संस्था बीच छुट्याउन नमिल्ने गरी सम्बन्ध रहेको छ यसकारणले एन आर एन र एनसीएनसी एक अर्काका परिपुरक हुन् । यो महिला दिवसको संयुक्त आयोजनाले पनि यो संदेश दिएको छ भन्नुभयो । कार्यक्रमको अन्त्यमा एन आर एन ए नर्थ क्यारोलाइना च्याप्टरका सचिव मोहन पहाडीले कार्यक्रमको आयोजना गर्ने क्रममा सहयोग पुर्याउने सबै संस्था र व्यक्तिहरूलाई धन्यवाद दिनुभएको थियो । उहाले एन आर एन अमेरिकाकी महिला संयोजक इन्दिरा त्रिपाठीले पठाउनुभएको शुभकामना समेत सुनाउनुभएको थियो । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/29313318_10204787141714916_133447820752453632_n.jpg?oh=0a53124937add112f88ea665db9a7c27&oe=5B3A04C4)
कार्यक्रममा आयोजकहरूका तर्फबाट किनोट स्पिकर लाउरेन लेभ र सीमा काकलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको थियो । यसैगरी नासियाले अन्तर्राष्ट्रिय महिला दिवसको क्रममा अमेरिकाको विभिन्न सहरमा वसी महिला अधिकारको क्षत्रमा क्रियाशील चार जना महिलाहरूलाई सम्मान गरेकोमा सम्मानित मध्यका नर्थ क्यारोलाइना निवासी हालसालै प्रकाशित चर्चित उपन्यास योगमायाकी लेखिका साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो लेखनको माध्यमबाट महिला स-शक्तिकरणमा पुर्याएको योगदानको लागि सम्मान-पत्र हस्तान्तरण गरियो । नासियाद्वारा गरिएको सम्मानको प्रक्रियाको बारेमा नासियाको महिला तथा बालबालिका समितिकी सदस्य समेत रहेकी कार्यक्रम संचालक कल्पना घिमिरेले प्रष्ट पार्नुभएको थियो भने निहारिकालाई उक्त सम्मान नासियाका कार्यसमिति सदस्य डा ठाकुर बाबु कार्कीले हस्तान्तरण गर्नुभएको थियो ।