रोशन अधिकारी/ अमेरिका – चित्रकार कुशल बास्ताकोटी यतिबेला अमेरीकामा बस्दै आइरहेका छन् । सानै देखि बुवाको प्रेरणाले चित्र बनाउन लम्किएका बास्ताकोटी यतिबेला भने ब्यवासाहिक चित्रकारको रुपमा स्थापित भएका छन् ।
पोखरामा जन्मिएका उनि केही समय देखि बिभीन्न ठाउँमा आफ्नो चित्रकला पर्दशन समेत हुदै आएको छ । कलामा नयाँ खोज र चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्ने उनि बिशेस गरेर ठाउँ बिशेस चित्रहरु बनाउन रुचाउछन् । ![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.0-9/29425313_1626694117418155_5256829078819831808_o.jpg?oh=dac5c66588e0b8f94313888ab766e050&oe=5B43BA56)
सुरुवातमा रहरले चित्र बनाउदै अघि बढेका उनिले बिभीन्न अवार्ड समेत जितिसकेका छन् भने थुप्रै देशको भर्मण समेत गरिसकेका छन् । करिब १३ बर्षको उमेरमै मेरिट अवार्ड पाएर नेपालको प्रतिनिधि भएर अन्तर्राष्ट्रिय चित्रकलामा सहभागीता जनाएका कुशल भन्छन् । ![](https://scontent-lga3-1.xx.fbcdn.net/v/t1.0-9/29432703_1626694087418158_4065270761382739968_o.jpg?oh=eb11ef697fbba0dae10e10f6e3b2f6aa&oe=5B430820)
भविश्यमा चित्र बनाएरै नेपालको नाम अन्तरास्ट्रिय स्तरमा चिनाउने मन छ’ त्यहि अनुरुप काम गर्दै आएको छु अवस्य पनि त्यो दिन आउछ उनले थपे । कलाका अथक साधक, मृदुभाषी, सबैमा समान व्यवहार र नयाँ कलाकारलाई प्रोत्साहन प्रदान गर्ने स्वभाव भएका उनि केही गर्छु भन्ने अडान लिएर कलाको कला क्षेत्रमा योगदान दिनेलाई राज्यले उचित सम्मान र हौसला दिनुपर्ने उनको भनाई छ । हाल सम्म मिजाेरी, डाल्लस, हुस्टन, अकलाेमा, आेसीयन सिटीमा प्रदर्शन गरेका चित्रकार वस्ताकाेटी यसलाई अभियानकाे रूपमा अगाडी बढाउने कुरा वताउदै अमेरिकामारहेकाे सघंसंस्थाहरूलाई याे अभियानमा सहयाेग गरिदिनुहुन अनुराेध गर्दछन ।