२०८१ माघ २६ गते | 8th of February 2025

तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सन (NAC) डिसीमा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ६ गते १९:२६

वासिंटन डीसी – जून महिनाको २९ देखि जुलाई १ सम्म वासिंटन डीसीमा आयोजना हुन गईरहेको तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सनको पहिलो चरणको तयारी सकेर दिनगन्ती शुरु गरिएको छ ।

२०१६ मा लस एञ्जलसमा सुरु भएको पहिलो कन्भेन्सनको सफलता पछि, २०१७ मा टेक्सासको डल्लासमा दोस्रो कन्भेन्सन सम्पन्न भएको थियो । निरन्तरता दिने क्रममा, युवाहरुको सक्रिय मेलमिलापमा अब तेस्रो कन्भेन्सन वाशिंगटन डीसीमा हुदैछ र आज देखि १०० दिन बाँकि रहेको छ ।

सम्मेलनमा बिशेष गरि खेलकुदलाई प्राथमिकता दिंदै युवाहरुको सक्रिय समुहले अमेरिका भरिकै ठुलो सम्मेलनको रुपमा कार्यक्रमलाई भब्य बनाउने योजना आयोजकहरुको रहेको छ ।  पहिलो कन्भेन्सनमा नेपालका प्रख्यात व्यक्तित्व नेपाल प्रहरीका बर्तमान डीआईजी सर्बेन्द्र खनाल, राष्ट्रिय योजना आयोगका बर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्ले तथा नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा अथितिका रुपमा सम्मेलनमा सहभागी भएका थिए ।

यसैगरि दोस्रो सम्मेलनमा तरुण दलका सभापति जितजंग बस्नेत, नेपाली रास्ट्रिय फुटबल खेलाडीहरु भरत खवास र राजु तामांग अथितिका रुपमा आएका थिए ।

अब हुन गईरहेको तेस्रो सम्मेलनमा पनि नेपालमा उल्लेखनीय काम गरेका व्यक्तित्वलाई  निमन्त्रणा गरिने आयोजकले बताएका छन् । सम्मेलन तिन दिन सम्म चल्नेछ । सम्मेलनका अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताका साथै गोष्ठी, सेमिनार लगायतका कार्यक्रम समेत हुने बताइएको छ ।

सम्मेलनका बारेमा थप जानकारीका लागी लिंक :
http://www.naconvention.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *