लस एन्जलस – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पार्टीको आन्तरिक विवाद र कहिल्यै नसकिने गुटवन्दीले सुस्तता र निर्वाचनमा हार बेहोरेको बताउनुभएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले गिरिजाप्रसाद कोईरालाको आठौं स्मृति दिवसको उपलक्ष्यमा लस एन्जलसमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुंदै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कांग्रेस र यसका सम्पूर्ण भाई संगठनहरु स्वदेशमा या विदेशमा संगठनका लागि एकजुट हुनुपर्ने एकताको पाठ भएको सिकाएको छ, पार्टीले यो हारले ।’
नेजस, साउदर्न क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष शम्भु दुवाडीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, नेजस केन्द्रिय सदस्य गोकुल ढकाल, नेविसंघ पुर्व केन्द्रिय सदस्य निपेन्द्र धिताल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी हेमराज भट्टले कांग्रेस, स्व गिरिजाप्रसाद कोईरालाको ब्यक्तित्व र प्रवासी हालतबारे आ-आफ्ना धारणा राखेका थिए ।
नेजस, साउदर्न क्यालिफोर्निया च्य्पाटरका महासचिव गंगाबहादुर बस्नेतले संचलन गर्नुभएको कार्यक्रम समितिका सभापती मदन पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।