रविन वज्राचार्य
नेपाली काँग्रेसको केन्द्रिय बैठक देउवालाई गाली गर्न मात्रै बोलाएको हो कि निर्वाचनको समिक्षा गर्न डाकिएको हो कुरा प्रष्ट हुन सकिएको छैन ।हो पार्टी सभापतिको नाताले चुनाव हार्नुको दोष सम्माननिय शेर बहादुर देउवाले नैतिक रुपमा लिनु पर्दछ, तर वहाँ एक्लैको कारणले गर्दा चुनावमा नेपाली काँग्रेसले कम सिट ल्याएको पक्कै होइन । तर प्रकासमान देखि सिटौला अनि युवा पुस्ताका नेता भनाउँदाहरुले नेपाली काँग्रेसलाई जिताउन के कस्ता योगदान दिए र वहाँहरु देउवालाई मात्र गाली गर्ने अधिकार राख्नु हुन्छ ?
चुनाव हार्नु को मुख्यकारण भनेको बाम तालमेल नै हो । नेपालको पूरानो चुनावी नतिजाहरुलाई केलाएर हेर्ने हो भने नेपाली काँग्रेसको मत (भोट बैंक) भनेको कुल मतको ३० देखि ४० प्रतिशत मत मात्रै हो । गिरीजाबाबु र कृष्णप्रसाद भट्टराईको नेतृत्वले पनि त्यो भन्दा बढि मत ल्याएको इतिहास छैन। यसपालि पनि नेपाली काँग्रेसले लगभग ३८ प्रतिशत मत ल्याएकै हो । समानुपातिकमा काँग्रेस पहिलो पार्टी बनेकै छ । तर यसपालीको चुनाव फरक माहौलमा सम्पन्न भएको कुरा कसैले बिर्सन्न हुन्न । दुईटा बाम घटकहरुको मत एकै ठाउमा खसेको छ भने धेरै टुक्रा भएका मधेश केन्द्रित पार्टि हरुको मत पनि एकै ठाउँमा खसेको छ । जसले गर्दा काँग्रेसले तराइका धेरै सिट गुमाउनु परेको छ ।
चुनावी परिणाम सुक्ष्मरुपले केलाएर हेर्ने हो भने अधिकांस ठाउँको मतानतर धेरै कम छ । शहरी क्षेत्रमा नयाँ पार्टीहरुले केही मत लगेकोले काँग्रेसको पराजयमा भूमिका खेलेको छ । चुनाव हार्नुको अर्को प्रमुख कारण भनेको आफ्नै घरका नालायक सम्तानहरु पनि हुन, जसले आफ्नै पार्टिका उम्मेदवार हराउन अर्का पार्टिहरु सँग मिलेर अन्तरघात गरे।
यसपालीको चुनावमा इन्द्रको बाउ चन्द्रे नै आएको भएपनि बामतालमेल लाई हराउन सक्ने थिएन । हो, यदि अन्तरघात नभएको भए पक्कै बढी सिट जितिन्थ्यो । तसर्थ यस्ता अन्तरघात पून: दोर्ह्याउन नदिन यी अन्तरघातीहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्ने हुन्छ ।
अहिले हुँदै गरेको केन्द्रिय बैठकमा सभापतिको दोष मात्रै केलाउनु भन्दा पनि भोली हामी सरकारमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनु पर्छ । बाम तालमेल कसरी तोड्ने र अर्कालाई फुटाएर कसरी आफू ठूलो हुने भन्नुमा लाग्नु भन्दा कसरी जनताको मन जितेर चुनाव दित्न सकिन्छ भन्नेमा केन्द्रित हुनु पर्ने देखिन्छ। हाम्रा धेरै मित्रहरुले स्थानिय चुनाव जितेका छन्, ति जितेर जाने नेताहरुलाई जनताको लागि काम गर्न प्रोत्साहन र दवाव दिनु पर्छ । स्थानिय तहमा काम गरेर जनताको मन जित्यो भने पक्कै पनि अर्को चुनावमा यी प्रतिनिधीहरुले भोट माग्न जाँदा जनताले साथ दिने छन् र नेपाली काँग्रेसलाई बिजयको तिलक लगाउने छन् ।
तसर्थ फुटेर होइन जुटेर लागौं । भावी योजनाहरु बनाउनमा लागौं । नेतृत्व परिवर्तनले तत्काल केहि हुनेवाला छैन । हामी मिलेर गएमा भोलिका दिनमा बाम या हाम कुनै गठबन्धनले नेपाली काँग्रेसलाई हराउन सक्ने छैन । सभापतीको बिरोस्द होईन, आफुभित्रको ‘मती’ सुधार्ने प्रयास गरौं, जसमा सबैको भलो छ । जय नेपाल !