काठमान्डौं – साझा प्रयास नेपालको आयोजनामा राजधानीका विभिन्न शैक्षिक संघ संस्थामा विद्यार्थीहरुका लागि निशुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने योजना अनुसार यसरी निशुल्क शैक्षिक सामाग्री वितरण गरिएको साझा प्रयास नेपालका अध्यक्ष सुवास लामाले जानकारी दिनुभयो ।
महेन्द्र राष्ट्रिय आधारभूत स्कुलका ११०, ज्ञान ज्योती आधारभूत स्कुलका ५२, महिला तथा बालबालिका समाजमा आश्रित २८, होप फाउण्डेशनका १४ र स्र्गेयू मोनास्ट्रिका ५० जना बालबालिकालाई सम्बन्धित स्थानमा नै गएर शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । निशुल्क शैक्षिक सामाग्री पाएका विद्यार्थीहरुले महत्वपूर्ण सहयोगका लागि साझा प्रयास नेपाललाई विशेष धन्यवाद दिएका छन् ।
विगतमा पनि विभिन्न शैक्षिक संघ संस्थाहरुलाई निशुल्क शैक्षिक सामाग्री वितरण गरेर सहयोग गर्दै आएको साझा प्रयास नेपालले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष सुवास लामाले बताउनुभयो ।