२०८१ वैशाख २४ गते | 6th of May 2024

ईयूलाई कांग्रेसको चेतावनीः मर्यादाभित्रै रहेर काम गर

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १२ गते १०:५४

काठमाडौँ– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको बताए ।

बैठकमा नेताहरुले यूरोपियन युनियनको प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए ।

सोमबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले नेपालको संविधान सिंगै युरोपको भन्दा पनि उत्कृष्ट रहेको दाबी गरे ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको छ । नेपाल सरकारले यसप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले युरोपेली युनियनलाई नेपालको संविधानको अबमूल्यान नगर्न चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *