२०८१ वैशाख २० गते | 2nd of May 2024

नाच्दा भित्री वस्त्र नलगाएकोमा पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १२ गते ११:०३

एजेन्सी – इजिप्टमा बेली डान्स प्रस्तुत गर्ने क्रममा भित्री वस्त्र नलगाएको अभियोगमा एक रूसी नृत्यांगना गिरफ्तार भएकी छिन् । ३१ वर्षीया क्याथेरिना एन्ड्रिभाले गिजाको नाइलस्थित एक नाइट क्लबमा नृत्य देखाउने क्रममा बेली ड्रेस मात्र लगाएर कामोत्तेजक नृत्य गरेकी थिइन् ।

उनको नृत्यलाई आकर्षक मानेर केही दर्शकले त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीको ध्यान आकृष्ट भएको थियो । उक्त नृत्य गर्दा भित्री पोसाक नलगाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेर ६ दिन थुनामा राख्यो ।

यसलाई आफ्नो जीवनकै सर्वाधिक नराम्रो दिन मानेकी क्याथेरिना अहिले जमानतमा रिहा भैसकेकी छिन् । उनले इजिप्टमा यसअघि नृत्य गरेका केही तस्बिर आफैंले सामाजिक सञ्जालमा अपलोड गर्दै आफू पक्राउ पर्नुको कारण आफैंलाई थाहा नभएको बताएकी छिन् । क्याथेरिनाका अनुसार जुन पहिरनका कारण उनलाई पक्राउ गरियो, त्यो पहिरनलाई बेली डान्सरहरू अश्लील मान्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *