२०८१ वैशाख २४ गते | 6th of May 2024

न्यूयोर्कमा रिजवूड नेपाली समाजद्दारा भव्य रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १३ गते ०:४३

न्यूयोर्क – न्यूयोर्कको पुरानो नेपाली सामुदायिक संस्था रिजवूड नेपाली समाजको आयोजनामा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक ईतिहासमै उल्लेख्य सहभागीता रहेको ‘रक्तदान जीवनदान’ कार्यक्रममा ११५ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । ११५ जनाको सेवाभावले ११९ युनिट रक्तदान गर्न सफल भएकोमा संस्थाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

मार्च २५ तारिख दिउंसो २ बजेदेखी बेलुकी ८ बजेसम्ममा आयोजना गरेको रक्तदान कार्यक्रममा ग्रेटर रिजवूड युथ काउन्सिल, न्यूयोर्क ब्लड सेन्टरको सहयोगमा भएको रक्तदान कार्यक्रममा एन्पा र नानाको पनि संयोजन-सहयोग रहेको थियो । रक्तदान कार्यक्रमको साथमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य सेवाका साथमा उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक तुलसीराम आचार्यले बताउनुभएको छ ।

कार्यक्रममा विल्लोफबाई स्टोर, नेपाली समुहले रक्तदान कार्यक्रममा आवश्यक पानी, प्लेट, न्यापकिन तथा फलफुल लगायत सामग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा रिजवूड नेपाली समाजका अध्यक्ष रवी कोईरालाले धन्यवाद दिनुभएको छ ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *